• फागुन ११, २०७८
  • जुनकिरी खबर

इटहरीमा इभर ग्रिन गार्डेन एण्ड नर्सरी रिसोर्ट सञ्चालन

alt

इटहरी ८ घुर्कीमा इभर ग्रिन गार्डेन एण्ड नर्सरी रिसोर्ट सञ्चालनमा आएको छ । बिभिन्न प्रजातिका फुलहरूको बगौचा र नर्सरी बनाएर पर्यटकहरूलाई तान्ने सोचका साथ इटहरीका शरद लामाले रिसोर्ट सञ्चालन गर्नुभएको हो । साढे ४ बिगाहामा फैलिएको रिसोर्टमा विशेषत फुल अध्यान तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यका साथ रिसोर्ट सञ्चालनमा ल्याइएको जनाइएको छ ।

हाल रिसोर्टमा ३५० प्रजातिका फुलहरुका बिरुवा उपलब्ध छन् । 

1 रिसोर्टमा चाडै लज, सुइमिङ पुल, घोडा सवारी, क्याम्प फायर, सेमिनार हल र सांगीतिक इभेन्ट जस्ता सुविधाहरू उपलब्ध हुने सञ्चालक लामाले जानकारी दिनुभयो ।  रिसोर्टमा १ नं. प्रदेशकै पहिलो इन्देणी पार्कको समेत स्थापना गरिएको छ । यहाँ घुम्न आउने पर्यटकहरूको लागि बार र रेष्टुरेन्टको सेवा उपलब्ध गराइएको छ ।

कोरोना संक्रमण र कार्तिक पहिलो साता आएको बेमौसमी बाढीका कारण रिसोर्टको अन्य संरचना बन्न ढिलो भएको जनाइएको छ। हाललाई भने रिसोर्टमा पर्यटकहरूको लागि खुला गरिएको छ । 

2
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]