• फागुन १२, २०७८
  • जुनकिरी खबर

रानीदेखि तरहरासम्मको सडक एक महिनाभित्र सम्पन्न हुने

alt

मोरङको रानीदेखि सुनसरीको तरहरासम्म निर्माण भइरहेको छ लेनको बाटो आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ ।

रानीदेखि तरहरासम्मको करिब ३७ दशमलव चार किमी सडक करिब रु छ अर्बभन्दा बढीको लागतमा निर्माण गर्ने गरी आठ वर्षअघि ठेक्का भएको थियो । पाँच वर्षभित्रमा निर्माण कार्य सम्पन्न हुने गरी लागेको ठेक्का अहिलेसम्म पनि पूर्ण रुपमा निर्माण हुन सकेको छैन् । योजनाको सुनसरीको दुहबी बजार क्षेत्र र सुनसरीकै दुहबीस्थित बूढी खोलामा निर्माण हुने पुल कहिलेसम्म सम्पन्न हुने हो, त्यसको यकिन हुन सकेको छैन । 

दुहबी बजारमा करिब ढेढ किमी बाटो स्थानीयवासीले नछाडेकाले योजनाको काम अघि बढ्न नसकेको सो सडक योजना इटहरीका प्रमुख बद्री शर्माले बताए। सो सडक निर्माण नभएपछि यसबाट उत्पन्न भएको समस्या र योजनाको काममा भएको ढिलाइप्रति अभिरुचि राख्दै जिल्ला प्रशासन कार्यालयले आज राखेको अन्तक्र्रिया कार्यक्रममा सहभागीले यो सडक निर्माणमा निकै ढिलाइ भएको बताएको छ ।

बाटो निर्माणमा भएको ढिलाइका कारण जनताले धेरै समस्या भोगेको बताउँदै उनीहरुले छ लेनको बाटो बनाउँदा गरिएको डिपिआरमा निकै त्रुटी भएको, वर्षातको पानी निकास हुन नसक्दा विराटनगर क्षेत्रको वडा नं १३, १५, १६ डुबानमा परेको र वडा नं १४ एकीकृत भन्सार जाँच चौकी विराटनगरको बाटो निर्माण भएको कारण डुबान पर्ने गरेकाले यसतर्फ योजनाको ध्यान जानुपर्ने बताएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]