• फागुन १३, २०७८
  • जुनकिरी खबर

ग्रीनपिस कलेजको इन्टेलेक्ट २०२२ को उपाधि बिनोदले जिते

alt

इटहरी ९ मा सञ्चालित ग्रीनपिस लिंकन कलेजले इन्टेलेक्ट २०२२ कार्यक्रम आयोजना गरेको छ । कलेजको बीबीएस ८ औ वर्षमा अध्ययनरत विद्यार्थीहरूले आयोजनामा कार्यक्रममा बिभिन्न शीर्षकमा विद्यार्थीहरू बिच इन्टेलेक्ट गराइएको थियो । अध्ययनको क्रममा मार्केटिङ, पब्लिक रिलेसन, मानव संसाधन विकास लगायतका ५ विषयमा विद्यार्थीहरू बिच प्रतिस्पर्धा गराइएको थियो ।

बीबीएस ८ औ वर्षको यो कार्यक्रम तेस्रो संस्करण हो । यो वर्षको इन्टेलेक्ट २०२२ को उपाधि भने बिनोद घिमिरे प्राप्त गर्नुभएको छ । विद्यार्थीको क्षमता अभिवृद्धिका लागी व्यवहारिक शिक्षालाई विशेष प्राथमिकता दिदै कलेजले यो कार्यक्रम २०१८ बाट आयोजना गदै आएको छ । कार्यक्रममा कलेजका प्रधानाध्यापक मुक्ति सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा. तारा निरौला रहनुभएको थियो ।

प्रमुख अतिथि निरौलाले कलेजमा अध्ययनरत विद्यार्थीहरूको विषयगत पढाईलाई प्रयोगात्मक रुपमा बिद्यार्थीबिच प्रतिस्पर्धा गराउने कार्य अत्यन्त उदाहरणीय भएको बताउनुभयो ।

Green z कार्यक्रममा ग्रीनपिस लिंकन कलेजका ७६ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । यो वर्षको इन्टेलेक्ट २०२२ को उपाधि जित्ने सबैलाई प्रमुख अतिथि तथा अन्य अतिथिहरूले पुरस्कार वितरण गर्नुभएको थियो । कलेजले समय समयमा विषयगत पढाईलाई प्रयोगात्मक रुपमा बिभिन्न कार्यक्रम आयोजना गदै आएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]