• फागुन १४, २०७८
  • जुनकिरी खबर

इटहरीमा पूर्वाञ्चल ओपन स्नुकर च्याम्पियनसिप हुने

alt

इटहरीमा ब्रदर्श स्नोकर हाउसको आयोजनामा पूर्वाञ्चल ओपन स्नुकर च्याम्पियनसिप हुने भएको छ । शनिबार इटहरीमा पत्रकार सम्मेलन गर्दै आयोजकले यही फागुन २१ गतेदेखि २८ गतेसम्म प्रतियोगिताको आयोजना गरिएको जानकारी दिएको हो ।

स्नुकर खेलाडीको मनोबल उच्च पार्दै स्नुकर खेल र खेलाडीको प्रबर्द्धन तथा सम्बर्धनमा टेवा पु¥याउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको ब्रदर्श स्नोकर हाउसले जनाएको छ । यसअघि पनि दुई पटक प्रतियोगिताको आयोजना गरेको ब्रदर्श स्नोकरले यस पटक भने प्रदेश १ लाई समेट्ने प्रयास गरेको हो । प्रतियोगितामा ६४ जना प्रतियोगीले सहभागिता जनाउने बताउँदै ब्रदर्श स्नोकर हाउसका अध्यक्ष कृष्ण गुप्ताले प्रथम पुरस्कार ३० हजार रुपैयाँ नगद, दोस्रो हुनेलाई १० हजार र तेस्रो तथा सन्तवना पुरस्कार ५ हजार राखिएको जानकारी दिनुभयो । खेलमा ७५ को ब्रेक हान्ने खेलाडीलाई ५० हजार नगर प्रदान गरिने अध्यक्ष गुप्ताले बताउनुभयो ।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट ८ लाई स्टिक र बक्स, उत्कृष्ट १६ लाई ट्रफी र प्रमाणपत्र, हाइयेस्ट पोइन्ट, ब्रेकर, वेस्ट प्लेयर, राइजिङ प्लेयर लगायतलाई पनि पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा सहभागीका लागि १५ सय रुपैयाँ इन्ट्री फि राखिएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]