• फागुन १७, २०७८
  • जुनकिरी खबर

कचना माबिको आवासीय छात्रावासको भवन शिलान्यास

alt

इटहरी उपमहानगरपालिका वार्ड न ४ मा रहेको कचना बुढीगंगा मध्यमिक विद्यालयको आवासीय छात्रावासको भवन शिलान्यास गरेको छ। जनता माबीले उपलब्ध गराएको एक बिगाहा ३ कट्ठा जग्गामा सो भवन शिलान्यास गरिएको हो ।

भवनको शिलान्यास इटहरी उपमहानगरका नगर प्रमुख द्वारिकालाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम र वडा न. ४ का वडा अध्यक्ष चन्द्र भटटराईले संयुक्त रुपम गर्नुभएको थियो ।

१५ करोड ४४ लाखको लागतमा तीन तलाको भवन दुईवर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । शिलान्यास कार्यक्रममा बोल्दै उपप्रमुख लक्ष्मी गौतमले आवासीय भवन सम्पन्न भएपछि पहाडी तथा प्रदेश न. १ लाई शिक्षाको गन्तव्य बनाई इटहरी आउने विद्यार्थीलाई सहज हुने बताउनुभयो । भवन सम्पन्न भएपछि विद्यार्थीले कोठा खोज्दै हिँडनु पर्ने बाध्यताको पनि अनन्य हुने बताइएको छ ।   
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]