• फागुन १७, २०७८
  • जुनकिरी खबर

माया घर नेपालद्धारा इटहरीमा सरसफाइ आयोजना

alt

मानसिक रोगी तथा सडकबाट उद्धार गरेकाहरुलाई आश्रय दिदै आएको माया घर नेपालले इटहरी बजार क्षेत्रमा सरसफाई गरेको छ ।

सामाजीक क्षेत्रमा काम गर्दै आएको माया घर नेपालको अक्षयकोषका स्थापनार्थ यही फागुन २१ गते देखि २८ गते सम्म सञ्चालन गर्ने श्रीमद भागवत जिवन दर्शन महायज्ञको प्रचारप्रसारका साथै सरसफाईका विषयमा जनचेतना जगाउने उद्धेश्यले सरसफाइ गरिको हो ।

सडक मानव वसोवास रहित बनाउने सरकारी योजनालाई सफल बनाउने काम गर्दै आएको मायाघर नेपालले आयोजन गर्न लागेको महायज्ञकै सन्र्दभमा सरसफाइको माध्यमबाट नगरवासिमा जनचेतना जगाउन सरसफाई कार्यक्रम गरिएको मायाघरकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिनुभयो ।

आश्रितहरुको सेवाका लागि अक्षयकोषका स्थापनार्थ आयोजना गर्न लागेको पुराणको प्रचार प्रसारका लागि इटहरी बजार क्षेत्रमा सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा गायिका गंगा गौतम,इटहरी क्षेत्रका सामाजिक अगुवाहरुका साथै विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]