के. पी. न्यौपाने, इटहरी
के तपाइको बच्चा बिना कारणै रुने गर्छ ? के तपाइको बच्चा बिना कारणै हास्छ ? के तपाइको बच्चा आखा जुदाएर हेर्दैन ? के तपाइको बच्चा बोलाउदा वास्ता गर्दैन ? के तपाइको बच्चा राम्रो सग बोल्दैन ? के तपाइको बच्चा एक्लै खेल्छ ? के तपाइको बच्चा इसारा गरेर माग्छ ?
साबधान तपाइको बच्चामा समस्या छ ।
चाडो गरियो भने धेरै सुधार गर्न सकिन्छ । परिवारले नबुझेर र अरुका कुरा सुनेर तथा यस्तै हो कसैको ढिलो हुन्छ भन्दै बस्ने गर्नाले ढिला हुन गई उपचारमा कठिनाई हुने गर्दछ । अटिजम एक दिमागीय क्रमभंग भएको अवस्था हो, रोग हैन। यसलाई समयमै तालिम थेरापी दिन सकिए धेरै सुदार ल्याउन सकिन्छ । यस प्रकारको अवस्थाले गर्दा परिवारमा पिडा थपिएकोे छ । कतिपय परिवारमा रुणीवादि तथा बिभिन्न मानसिक पिडा समेत भोग्नु परीरहेको छ । यस्ता अवस्थाका मानिस हरु लाई समाज तथा परिवारले नबुझीदिदा वालालीका तथा उनका बुवा आमाले कष्ट भोगीरहनु परेको छ । आफ्नु जागीर ब्यवशाय ठप्प पारी यीनै वालवालीकाहरुको हेरचाहमा लाग्नु सिवाय बिकल्पै छैन ।
यस्ता पिडित वालवालीकालाई बिशेष तालिम तथा थेरापिको आवश्यकता पर्दछ , जो सर्ब साधरण लाई सुलभ छैन । अटिजम, सि.पी. तथा डाउन सिण्ड्रम भएका वालवालीका लाई पूर्ण रुपमा निको पार्न नसकिए पनि दैनिक आधारभुत क्रियाकलाप ः आफै खाना खान, दिसा पिसाव आफै गर्न, लुगा लगाउन जस्ता कार्य गर्न बिशेष थेरापिको माद्यम वाट सिकाउन सकिन्छ ।
अटिजमबारे शिक्षण अस्पताल काठमाण्डौमा एमफिल गरिरहनु भएका क्लिनिकल साइकोलोजी रेजिडेन्ट राजकाजी प्रजापतिले अटिजम रोग नभएर बिशेस अवस्था भएको बताउँनुहुन्छ । उहा भन्नु हुन्छ ‘रोगको मात्र उपचार हुन्छ । तर, अटिजम भएकालाई उचित तालीम प्रदान गरेर केही सुधार गर्न सकिन्छ ।’
अटिजम जन्मजात हुने समस्या हो । स्नायु प्रणालीको विकासक्रममा हुने एक प्रकारको विकार हो । राजकाजीका अनुसार अटिजम भएमा व्यक्तिहरुमा सञ्चार, सामाजिक अन्तरक्रियामा कठिनाई हुन्छ । यस्ता व्यक्तिहरु एकोहोरो हुने र एउटै कामलाई पटक पटक गरिरहने उनी बताउँछन ।
अमेरिकाको संस्था सेन्टर फर डिजिज कन्ट्रोलको अध्ययनअनुसार जन्मेको ५९ जना शिशुमध्ये एक जनामा अटिजमको समस्या हुन्छ । विश्वको एकदेखि दुई प्रतिशत मानिसमा अटिजम भएको अनुमान गरिएको छ । खासमा नेपालमा अटिजमको तथ्यांक नै छैन । जन गणना २०७८ ले यस्ता अवस्थाका मानिसहरुलाई समेटे पनि तथ्याङ्क आइ नसकेको अवस्था छ । तै पनि बिभिन्न स्वस्थ्य संस्थाहरुको तथ्याङ्क हेर्ने हो भने पनि नेपालमा जन्मने हरेक ६४ जना बच्चा मद्ये १ जना यो अवस्थाका बावालीका रहेको अनुमान गरिएको छ ।
यस्ता व्यक्तिहरुको स्नायु प्राणाली विकासमा गडबडी हुन्छ । जस्तो कि कसैलाई अलिकति तातो पनि असाध्यै तातो लाग्ने र कतिपयलाई निकै तातो पनि अत्यन्तै कम तातो लाग्ने हुन्छ । अटिजमलाई साइकोलोजिकल डिसअर्डरमा राखिएको छ । अटिजम यस्तो समस्या हो, मस्तिष्कमा भएका काम गर्ने विभिन्न भागमा असर पुग्छ र ती भागहरुले काम गर्दैनन ।
अटिजम भएका कति व्यक्ति अत्यन्तै चन्चले हुन्छन भने कति व्यक्तिको हिँडाइ डुलाइमा पनि समस्या हुन्छ । उनीहरुको दैनिकीमा त समस्या हुन्छ नै । अटिजम लागेका हरेक व्यक्ति समाजमा फरक देखिन्छन । तर, केही पनि गर्न सक्दैनन भन्ने चाहिँ होइन ।
इटहरीका कृषम न्यौपाने ७ वर्षका भए । कृषम डेढ वर्षदेखि स्पेसल स्कुल पढ ्छन तथा थेरापी समेत गर्दैछन । उनको सञ्चार तथा सामाजिकीकरणमा समस्या छ, तर उनको लगाव मेसीनरी सामानमा छ । कृषम की आमा बिनिता पोख ्रल भन्छीन ‘मेरो एक मात्र छोरा हो । साढे तिन वर्षमा उसमा अटिजम भन्ने थाहा भयो । तर, उसले सानैदेखि खेलौना तथा सामाग्री खोल्ने जोडने गथ्र्यो । त्यसमै एकोहोरिन्थ्यो । विस्तारै हामीले थेरापी गराउन थाल्यौँ । अहिले धेरै कुरा बुझ्ने तथा लेख पढ गर्न सक्ने भएको छ ।’ कृषम अटिजम भएकाहरु पढ्ने स्कुल ( भिन्न प्रतीभा स्पेशल स्कुल ) इटहरीमा जान्छन् ।
अटिजम भएका व्यक्तिको क्षमता पहिचान गरी त्यहीअनुसारको वातावरण प्रदान गरेमा यस्ता व्यक्तिहरुले चमत्कार गर्न सक्ने बिभिन्न अध्यायनले देखाएको छ । एउटै काममा एकोहोरिने, लगाव हुने भएकाले उनीहरुमा विलक्षण प्रतिभा हुने हुन्छ । ‘कतिको चित्रकलामा, कतिको म्युजिकमा, कतिको टेक्नोलोजीमा क्षमता हुन्छ’, ‘अमेरिकाको कम्प्युटर निर्माण कम्पनीमा अटिजम भएका मानिसलाई खोजी खोजी जागिर दिने पनि गरिन्छ ।’
अर्को उदाहरण प्रसीद्द फुटबल खेलाडी मेस्सी समेत हुन । अटिजम भएका उनले फुटबल खेलमा ख्याति कमाएका छन् ।
उनीहरुलाई क्षमता अनुसारको पढ्ने, सिक्ने वातावरण प्रदान गर्नुपर्छ । अटिजम भएकाहरुले सामान्य स्कुलमा लेखपढ गर्न सक्दैनन । यस्ता स्कुलमा पठाउँदा उनीहरुका समस्या थप जटिल भएर जान सक्छ ।
थाहा कसरी पाउने ?
सामान्यतया सबै बच्चाको विकासक्रम १८ महिनासम्म एकै प्रकारले हुन्छ । अटिजम भएका व्यक्तिहरुको पनि त्यसरी नै हुने गर्छ । बच्चाले शब्द उच्चारण गर्ने औसत समय भनेको डेढ वर्ष हो । कतिपयलाई यसरी बोल्नका लागि तीन(चार वर्षसम्म पनि लाग्न सक्छ । यदि १८ महिनभित्र पनि कुनै बच्चा बोल्दैन भने त्यस्ता व्यक्तिको परीक्षण गर्नुपर्ने राजकाजी बताउँछ । त्यसपछि सही समस्याको पहिचान गर्नुपर्छ । यस्तै बोलाउँदा पनि बच्चाले नहेरेको अवस्थामा पनि शंका गर्नुपर्ने हुन्छ ।
खासगरी आँखा जुधाएर सञ्चार हुने गर्छ । बच्चाले कान सुनिरहेको छ, तर आँखा जुधाइरहेको छैन भने सञ्चारमा कठिनाई भएको बझ्नुपर्छ । र, स्नायु प्रणालीमा समस्या छ वा छैन भन्ने कुराको निक्र्यौल गर्नुपर्छ । त्यस्तै, बच्चालाई स्कुल पठाउँदा पनि साथीहरुसँग खेल्दैन, घुलमिल हुने क्रियाकलापमा ध्यान दिँदैन भने त्यस्ता व्यक्तिमा पनि अटिजम भएको हुनसक्छ ।
यसरी गर्नुपर्छ हेरचाह
२०७७ चैत्र २० गते विश्व अटिजम सिवस का दिन बाट सुरु गरिएको यस भिन्न प्रतिभा स्पेसल चायल केयर सेन्टर इटहरी ले हाल १८ जना अटिजम , डाउन सिण्ड्रम तथा सेब्रल पाल्सी जस्ता पिडित बालबालिका हरुलाई शीक्षण सिकाई क्रियाकलाप तथा स्पेसल तालिम प्रदान गरिदै आएको छ ।
खासगरी अभिभावकले यससम्बन्धी तालिम लिनुपर्ने भिन्न प्रतीभा स्पेशल चायल केयर सेन्टर अध्यक्ष टंक कुमार श्रेष्ठ बताउनु हुन्छ । किनकी बाबु,आमाले नै अटिजम भएका सन्तानलाई बुझ्न जरुरी हुन्छ । श्रेष्ठका अनुसार यसरी तालिम लिएमा अटिजम भएको व्यक्तिमा सुधार ल्याउन अभिभावक सक्षम हुन्छन ।
यस्ता व्यक्तिहरुको परीक्षण गरी थेरापी दिन सकिन्छ । ‘अटिजम भएको व्यक्तिको कुन पक्ष राम्रो छ र कुन पक्षको थेरापी गर्ने भन्ने छुट्याउनुपर्छ’, क्लिनिकल साइकोलोजी रेजिडेन्ट डाक्टरको सल्लाह अनुसार, ‘कतिको हिँडाइमा दुर्वलता हुन्छ, त्यस्तालाई अकुपेस्नल थेरापी दिनुपर्छ, बोल्न नसक्नेलाई स्पिच थेरापी दिनुपर्ने हुन सक्छ ।’ यस्ता व्यक्तिहरुलाई म्युजिक, आर्ट जस्ता थेरापी पनि दिने गरिन्छ । तर, कसैमा अटिजमसँगै सुस्तमनस्थिति वा अन्य शारीरिक समस्या भएमा गाह्रो हुनसक्छ ।
अटिजम कारण के ?
विश्वमै अटिजम हुनुको खास कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । वंशाणुगत कारणले अटिजममा ठूलो भूमिका खेल्ने भनिएको छ । त्यस्तै, केही केमिकलका कारण पनि अटिजमको समस्या हुन्छ कि भनेर अनुसन्धान भइरहेको छ । गर्भवती आमाले गर्ने व्यवहार, काम, वा यस्तो अवस्थामा केही समस्या आएमा पनि सन्तानमा अटिजम हुनसक्छ ।
भिन्न प्रतीभा स्पेशल स्कुल ( अटिजम केयर सेन्टर ) का अध्यक्ष टंक श्रेष्ठले नेपालमा यसबारे जनचेतना फैलाउन र सरकारले पुनस्र्थापना केन्द्र, थेरापी लगायतको व्यवस्था गर्नुपर्ने बताउँछन । भिन्न प्रतीभा स्पेशल स्कुल ले भने परामर्श गर्ने, अभिभावकलाई तालिम दिनुका साथै अटिजम भएका बालबालिकालाई पढाउने, थेरापी दिलाउने लगायतका काम गर्दै आएको छ ।
तपाँइका नानि बाबुहरुमा पनि यस्तो अवस्था भएमा तरुन्त हामिलाई सम्पर्क गरी परामर्स लिन सक्नुहुने छ । सम्पर्कः भिन्न प्रतिभा स्पेसल चायल केयर सेन्टर, इटहरी –९, बसपार्क , सुनसरी, ९८६२०५८०२३, ९८४२०८३४५५, ९८४२०७४६१० ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved