• फागुन १९, २०७८
  • जुनकिरी खबर

 प्रेस युनियन सुनसरीद्धारा निःशुल्क आँखा शिविर आयोजना

alt

आँखासंग प्रत्यक्ष छोडिने क्यामरा , कम्प्युटर ,मोवायल जस्ता प्रविधिहरुसंग नजिक भएर काम गर्ने सञ्चारकर्मीहरुको आँखाको सुरक्षालाई मध्यनजर गर्दै नेपाल प्रेस युनियन सुनसरीले नि:शुल्क आँखा उपचार शिविर आयोजना गरेको छ ।

सुनसरीका पत्रकारहरुको हकहितका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै आएको नेपाल प्रेस युनियनले सञ्चारकर्मीहरुको आँखा उपचारका लागि विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा तथा कान उपचार शिविर आयोजना गरेको हो ।  

सञ्चारकर्मी तथा सञ्चारकर्मीका परिवारका सदस्यहरुका लागि सञ्चालन गरिएको आँखा उपचार शिविरमा जिल्लाका धरान , इटहरी ,इनरुवा , रामधुनी , बराहक्षेत्र लगायतका ठाउँका सञ्चारकर्मी तथा परिवारले सेवा लिएका थिए । नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षतामा भएको निःशुल्क आँखा उपचार शिविरमा आँखामा समस्या भएकाहरुलाई चस्मा तथा औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]