• फागुन २०, २०७८
  • जुनकिरी खबर

भुसिया कुकुरको बन्ध्याकरण गदै इटहरी उपमहानगर

alt

इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका भुसिया कुकुर विरुद्ध निशुल्क रेबिज बिरुद्को खोप तथा बन्ध्याकरण अभियान सञ्चालन गरेको छ । 

भुसिया कुकुरको टोकाइबाट रेबिज जस्ता रोग फैलिन नदिन र शहरमा कुकुरहरूको संख्या न्यूनिकरण गर्ने उद्देश्यका साथ खोप तथा बन्ध्याकरण अभियान सञ्चालन गरिएको जनाइएको छ । अभियान ३ दिनसम्म सञ्चालन हुने इटहरी उपमहानगरपालिकाको पशुपन्छी शाखाले जनाएको छ । पशु अधिकारलाई समेत ध्यानमा राखेर पशु चिकित्सक तथा स्वयंसेवकको सहयोगमा सडकमा भेटिएका कुकुरहरूलाई बेहोस बनाएर खोप लगाउने र सुरक्षित बन्ध्याकरण गरि छाडिने उपमहानगरको योजना छ ।

साथै खोप लगाएका र बन्ध्याकरण गरिएका कुकुरहरूको निगरानी गर्न समेत पशुकर्मी परिचालन गरिने छ । इटहरीमा प्राय भुसिया कुकुरको आतंक बढी हुनेगर्छ । कुकुरको टोकाइबाट सडकमा हिड्ने यात्री तथा बालबालिकाहरू यसको जोखिममा बढी पर्ने गरेका छन् । इटहरी अस्पतालका अनुसार मासिक १३ जनासम्म कुकुरको टोकाइबाट उपचार गर्न आउने तथ्याङ्क छ ।

उपचार गर्न आउने मध्ये धेरैलाई रेबिज भएका कुकुरले टोकेको अवस्था छ । कुकुरको संख्या अत्याधिक बढेको र सोही अनुपातमा कुकुरको टोकाईबाट घाईते बुन्नेहरूको संख्या पनि बढिरहेको सम्बद्ध चिकित्सक बताउँछन्। इटहरीका सडक गल्लीमा भेटिने यस्ता कुकुरलाई उपमहानगरले नियन्त्रणमा ल्याउने कार्यको स्थानीयले स्वागत गरेका छन् । भुसिया कुकुरबाट हुने जोखिम न्यूनिकरणको लागि गरिएका यस्ता अभियानले निरन्तरता पाउनु पर्ने स्थानीय बताउँछन् ।

फागुन २० गते बाट २२ गतेसम्म सञ्चालन हुने कुकुर शिविरमा इटहरी उपमहानगर क्षेत्रका भाले र पोथी गरी करिब २०० वटा कुकुरको बन्ध्याकरण गर्ने योजन रहेको छ । नेपाल एग्री लार्ईभष्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा भुसिया कुकुरलाई रेबिज बिरुद्को खोप तथा बन्ध्याकरण गर्ने अभियान चलाइएको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]