• फागुन २०, २०७८
  • जुनकिरी खबर

प्रहरीलाई गस्ती पेट्रोलिङको लागि अटो हस्तान्तरण

alt

इटहरी ६ स्थित अटो सिटी बजाज सोरुमले प्रहरीलाई बिधुतिय अटो हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरूप सोरुमका प्रबन्धक प्रदिप सन्थालियाले ९ सिट क्षमता भएको १ थान बिधुतिय अटो १ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सीलाई हस्तान्तरण गर्नु भएको हो । उक्त इलेक्ट्रोनिक अटो इलाका प्रहरी कार्यालय इटहरीले प्रहरी गस्ती पेट्रोलिङमा प्रयोग गर्ने छ । 

कार्यक्रममा टेम्पोको चावि ग्रहण गरिसकेपछि बोल्दै प्रहरी नायव महानिरिक्षक(डिआईजी) अरुण कुमार बिसीले अटोसिटिका प्रवन्धक सन्थलियालाई धन्यबाद दिँदै यसले प्रहरीले समाजमा पुर्‍याउने शान्ति सुब्यवस्थामा थप मद्दत पुग्ने बिश्वास ब्यक्त गर्नुभयो।उहाँले प्रहरीले समाजमा शान्ति सुब्यवस्था कायम गर्न समयमै पुग्न अटोले मद्दत पुर्‍याउने भन्दै प्रहरी कर्मचारीहरुलाई उच्च मनोबल लिएर काम गर्न निर्देशन समेत दिनुभयो।

उक्त कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक संजय सिंह थापा, १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बासुदेव खतिवडा, बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, नागरिक समाज तथा स्थानीय समेतको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]