• फागुन २२, २०७८
  • जुनकिरी खबर

इटहरीमा उनबाट ब्याग बनाउने तालिम आयोजना

alt

इटहरी उपमहानगरमा बडा नम्बर ९ मा महिलाहरूको लागि चौध दिने उनद्वारा हेण्डिक्राफ्ट, ब्याग तथा बिभिन्न सामाग्री बनाउने तालिम आयोजना गरिएको छ ।  नेपाल ग्रिन लिक फाउन्डेसन प्रा.लिको आयोजनामा शुरु भएको तालिमलाई उधोग श्रम तथा रोजगार मन्त्रालय प्रदेश न.१ को कार्यालयले सहयोग गरेको छ ।

आइतबारदेखि सुरु भएको उक्त तालिममा २५ जनालाई प्रशिक्षण दिने योजना रहेको नेपाल ग्रिन लिक फाउन्डेसन प्रा.लि इटहरीकी अध्यक्ष निर्मला चौधरीले जानकारी दिनुभयो । महिलाहरूलाई स्वरोजगार बनाइ आय आर्जनमा सहज बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको वहाँको भनाई छ ।

तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरमा बडा नम्बर ९ का वडा सदस्य शिव राम शर्माले बेरोजगार महिलाहरूलाई रोजगार दिनका लागि प्रदेश मन्त्रालयको सहयोगमा बिभिन्न तालिम सञ्चालन भइरहेको बताउनुभयो । प्रदेश मन्त्रालयको सहयोगमा ग्रिन लिक फाउन्डेसनले इटहरी बाहेक अन्य स्थानीय तहमा समेत पुगेर महिलाहरूलाई बिभिन्न सीपमुलक तालिम आयोजना गदै आएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]