• साउन २२, २०७६
  • जुनकिरी खबर

४ सिमेन्ट उद्योगलाई कारबाही

alt

गुणस्तर तथा नापतौल विभागले कम गुणस्तरको सिमेन्ट उत्पादन गर्ने ४ सिमेन्ट उद्योगलाई कारबाही गरेको छ । विभागले नेपाल अल्ट्राटेक सिमेन्ट, चितवन सिमेन्ट, अम्बुझा सिमेन्ट र जानकी सिमेन्टलाई कारबाही गरेको हो ।

‘ती उद्योगले उत्पादन गरेका ओपीसी र पीपीसी सिमेन्टमा आइआर र एमजिओको मात्रा उच्च पाइयो,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘जसले गर्दा कारबाही प्रक्रिया अघि बढाएका छौं।’


विभागले असारमा २५ सिमेन्ट उद्योगको नमुना संकलन गरेको थियो। जसमध्ये नेपाल अल्ट्राटेकको ओपीसी उत्पादन आइआर नेपाल गुणस्तर अनुसार थिएन। उक्त सिमेन्टलाई बिक्री बितरणमा रोक गरी स्पष्टीकरण माग गरिएको उनले बताए। चितवन सिमेन्टको पीपीसी उत्पादनमा पनि आइआरको समस्या रहेको इजाजत पत्र रद्द गरिएको छ।'

पटक-पटक परीक्षण र निर्देशन दिँदा पनि सुधार भएन,’ उनले भने, ‘उक्त सिमेन्टको इजाजत रद्द गरेका छौं।’ विभागका अनुसार आइआर भनेको मिसावटलाई जनाउँछ। धेरै मिसावट हुँदा बलियो हुँदैन। यस्तै, अम्बुझा सिमेन्टको पनि इजाजत पत्र स्थगन भएको छ। उक्त उद्योगले उत्पादन गर्ने ओपीसी सिमेन्टमा एमजिओको प्रतिशत उच्च फेला परेको थियो। ‘ओपीसीमा एमजिओको अधिकतम मात्र ६ प्रतिशत मात्रै हो। तर, नमुना परीक्षण गर्दा ७.३ प्रतिशत फेला पर्‍यो,’ महानिर्देशक पुडासैनीले भने, ‘जसले गर्दा इजाजत पत्र स्थगन गरेका छौं।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]