• फागुन ३०, २०७८
  • जुनकिरी खबर

यस्तो छ प्रदेश १ सरकारले ल्यायोको सञ्चार विधेयक

alt

प्रदेश १ सरकारले सञ्चार माध्यमको विकास, प्रवद्र्धन र नियमनका लागि भन्दै ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक’ ल्याएको छ । प्रदेश सरकारको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले उक्त विधेयक प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो ।

प्रदेश १ भित्र सार्वजनिक रुपमा पत्रपत्रिका वितरण गर्न प्रदेश मिडिया काउन्सिलमा दर्ता गर्नुपर्ने र यसअघि दर्ता भएका पत्रपत्रिका अभिलेखीकरण गराउनु पर्ने विधेयकमा व्यवस्था गरिएको छ ।

विधेयकमा ७ सदस्यीय प्रदेश मिडिया काउन्सिलको व्यवस्था गरिएको छ । सञ्चार क्षेत्र हेर्ने मन्त्रीको संयोजकत्वमा ५ सदस्यीय मिडिया काउन्सिल अध्यक्ष सिफारिस समिति गठन गर्ने व्यवस्था गरिएको छ । सिफारिस समितिमा सञ्चार क्षेत्रका विज्ञहरुमध्ये एक महिलासहित मुख्यमन्त्रीले तोकेका दुई जना, सञ्चार क्षेत्र हेर्ने मन्त्रालयका सचिव सदस्य र सञ्चार क्षेत्र हेर्ने महाशाखा प्रमुख सदस्य सचिव रहने विधेयकमा उल्लेख छ ।

उक्त समितिले सिफारिस गरेका तीन जना उम्मेदवारमध्ये प्रदेश सरकारले एक जना योग्य उम्मेदवारलाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने छ । उक्त समितिले नै सञ्चार क्षेत्रमा १० वर्षदेखि निरन्तर क्रियाशील सञ्चारकर्मीमध्ये काउन्सिलको सदस्य नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था विधेयकमा छ । काउन्सिल सदस्यमा पत्रकार महासंघ प्रदेश समिति अध्यक्ष तथा प्रतिनिधि, मन्त्रालयको सम्बन्धित महाशाखा प्रमुख पदेन सदस्य र मन्त्रालयले तोकेका अधिकृतस्तर नवौं वा दसौं तहको कर्मचारीलाई प्रेस रजिस्ट्रार रहेन विधेयक भनिएको छ ।

काउन्सिलको अध्यक्ष हुन नेपाली नागरिक, मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी सञ्चार वा सूचना प्रविधि वा कानुन क्षेत्रमा १५ वर्षको अनुभव हुनुपर्ने उल्लेख छ । काउन्सिल सदस्य हुन प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण र पत्रकारिता वा सञ्चार वा सूचना प्रविधि वा कानुन क्षेत्रमा १० वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था छ । काउन्सिल अध्यक्ष र सदस्यको पदावधि ३ वर्षको हुने छ ।

काउन्सिललाई एफ.एम. रेडियो र केबल टेलिभिजनबाहेकका अन्य सञ्चार माध्यमलाई तोकिएबमोजिम इजाजतपत्र प्रदान गर्ने, नवीकरण गर्ने र नियमन गर्ने अधिकार दिएको छ । तर पत्रपत्रिका समपरीक्षणको अधिकारको बारेमा विधेयकमा व्यवस्था गरिएको छैन । प्रदेशभित्र कार्यालय स्थापना गरी सञ्चालन हुने अनलाइन सञ्चार माध्यम दर्ता गर्ने अधिकार काउन्सिलमा रहने व्यवस्था गरिएको छ । यसअघि दर्ता भइसकेका अनलाइनको काउन्सिलमा अभिलेखीकरण अद्यावधिक गराउनु पर्ने छ ।

सञ्चार माध्यम र पत्रकारलाई दिइने सुविधाका सम्बन्धमा सरकारलाई नीतिगत सुझाव दिने, पत्रकार आचारसंहिता बनाई कार्यान्वयन गर्ने अधिकार काउन्सिललाई रहने व्यवस्था छ ।

विधेयकमा तोकिएबमोजिमको स्तर निर्धारणको आधारमा पत्रपत्रिकाको वर्गीकरण गरिने व्यवस्था गरिएको छ तर त्यो कसले गर्नेबारे भन्नेचाहिँ स्पष्ट गरिएको छैन । ‘प्रदेशमा रहेका पत्रपत्रिकाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र आफ्नो वार्षिक लेखापरीक्षण प्रतिवेदनसहित संगठन संरचना र कार्यरत कर्मचारी विवरण काउन्सिलमा पेस गर्नुपर्ने छ,’ विधेयकमा उल्लेख छ । पत्रपत्रिकाको लेखापरीक्षण गर्ने व्यवस्था गरिए पनि अन्य सञ्चारमाध्यमको बारेमा कुनै व्यवस्था विधेयकमा उल्लेख छैन । तोकिएको समयमा लेखापरीक्षण नबुझाउनेलाई २५ हजार जरिवाना गरिने व्यवस्था छ ।

प्रदेशभित्रका लोककल्याणकारी, सूचनामूलक, सन्देशमूलक सबै प्रकारका सरकारी विज्ञापन समानुपातिक वितरणका लागि काउन्सिलका सदस्य र पदाधिकारीमध्येबाट तीन सदस्यीय विज्ञापन बोर्ड गर्ने विधेयकमा उल्लेख छ । बोर्डले वितरण गर्ने विज्ञापनको ५ प्रतिशत रकम कट्टा गरी काउन्सिलमा रहने पत्रकार कल्याण कोषमा राखिने व्यवस्था छ । पत्रकारिताका सिलसिलामा कुनै दुर्घटनामा परी घाइते वा दीर्घरोगबाट पीडित हुने सञ्चारकर्मीलाई कोषबाट सहयोग उपलब्ध गराउने व्यवस्था छ । पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण तथा कार्यान्वयन तथा नियमन काउन्सिलले गर्ने छ ।

काउन्सिलले प्रदेशभित्रका पत्रकारको व्यावसायिक दक्षता अभिवृद्धि गर्न पत्रकार प्रशिक्षणको व्यवस्था गर्न सक्ने र त्यसका लागि काउन्सिलले प्रशिक्षकको सूची तयार गरी सार्वजनिक गर्ने व्यवस्था गरिएको छ ।

महिला, दलित, अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका, दुर्गम क्षेत्रका र विभिन्न राष्ट्रिय भाषामा सञ्चालित सञ्चार माध्यमलाई विशेष सहुलियत उपलब्ध गराउने विधेयकमा भनिएको छ ।

महिला, दलित, अपाङ्गता भएकाहरुलाई पत्रकारिता विषयमा स्नातकोत्तर तहको अध्ययनका लागि प्रदेश सरकारले छात्रवृति रकम उपलब्ध गराउने विधेयकमा भनिएको छ । काउन्सिललाई प्रेस प्रतिनिधि परिचयपत्र उपलब्ध गराउने अधिकार दिएको छ ।

प्रदेशभित्र सञ्चालन हुने वा कार्यालय रहने एक सय वाटभन्दा माथि एक हजार वाटसम्मका रेडियो, एफ.एम. र केबल टेलिभिजनको प्रसारण अनुमतिलगायतको अधिकार मन्त्रालयमा रहने व्यवस्था छ । ऐन बमोजिम दर्ता भएका प्रसारण संस्थाले कुनै पनि कार्यक्रम प्रसारण, सिग्नल वितरण भू–उपग्रहमा प्रसारण केन्द्रको स्थापना र कुनैपनि प्रकारको विद्युतीय नेटवर्कमार्फत कार्यक्रम अपलोड वा प्रसारण तथा डाउनलिंक गर्न इजाजत लिनुपर्ने विधेयकमा उल्लेख छ ।

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]