• चैत १, २०७८
  • जुनकिरी खबर

इटहरी वडा नं. ५ को भवन उद्घाटन

alt

इटहरी उपमहानगरपालिकाको वडा नम्बर ५ को कार्यालय भवन उद्घाटन भएको छ । सोमबार एक समारोहबीच मेयर द्धारिकलाल चौधरीले वडा कार्यालयको भवन उद्घाटन  गर्नु भएको हो  । कार्यक्रममा मेयर चौधरीले  बहुवर्षे योजना अन्तर्गत धेरै योजना सञ्चालनमा रहेको जानकारी दिनुभएको छ ।

केही योजना निर्माण भइसकेको छन् भने केही अबको केही समय भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढेको मेयर चौधरीले बताउनु भयो । चौधरीले इटहरीमा पूर्वाधार निर्माणले फडको मारेको दावी समेत गर्नुभयो ।  कार्यालय भवन भएपछि ५ नं. वडा वासीलाई सेवा लिन सहज भएको मेयर चौधरीले बताउनुभयो ।

इटहरीकी उपमेयर लक्ष्मी गौतमले आफ्नो कार्यकालमा पूर्वाधार निर्माणको काम उल्लेखनीय उपलब्धि गरेको बताउनु भयो । उपमेयर गौतमले वडा कार्यालय भवनहरूको निर्माणसँगै प्रत्येक वडामा आधारभूत स्वास्थ्य इकाई भवन, बहुवर्षे योजना अन्तर्गत गाउँ गाउँका मूलबाटो कालोपत्रे भएको समेत वहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष कल्याण बहादुर कार्कीले वडाको बजेट बिनियोजन पारदर्शी बनाइएको र विकासका सन्दर्भमा समेत अन्य वडा भन्दा ५ नं. वडा पहिलो स्थानमा रहेको बताउनुभयो ।
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]