• चैत ३, २०७८
  • जुनकिरी खबर

माया घरमा आयोजना गरिएको सत्सगको आयव्यय सार्वजनिक

alt

माया घर नेपालको आयोजनामा सम्पन्न भएको श्रीमदभागवत जीवनदर्शन कथा सत्सगको आयव्यय सार्वजनिक गरेको छ । गत फागुन २१ गते देखि २ं८ गते सम्म सञ्चालन भएको भागवत जीवनदर्शन कथा वाचनबाट नगद ५८ लाख २ हजार १८ रुपैया संकलन भएको संस्थाका आर्थिक संयोजक दिपक दाहालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

माया घर नेपालको परिकल्पना ,सडक मानव रहित नेपालको स्थापना भन्ने मूल नराका साथ लगाईएको भागवत जीवनदर्शन कथा सत्सङबाट बैंक र आईएमई साथै ,नगद आम्दानी बाट उठेको रकमको ब्याजले मायाघरमा आश्रितहरुका लागि गाँस, बासको ब्यवस्था मिलाउने योजना रहेको संस्थाकी अध्यक्ष भागवत मञ्जरी राधिका दासीले बताईन ।

पत्रकार सम्मेलनमा सत्सगक आयोजना गर्न २९ लाख ७८ हजार ६ सय ७० खर्च भएको जनाइएको छ । सत्सगबाट करिब रु.१ करोड उठ्ने अनुमान गरेपनि अनुमानित रकम उठ्न नसकेको सम्मेलनमा जानकारी गराइयो । आगामि दिनमा पनि बिभिन्न कार्यक्रमहरुको आयोजना गरि अक्षयकोषमा एक करोड पुर्याउने लक्ष्य रहेको माया घरले जनाएको छ ।

सत्सगंमा बिभिन्न सञ्चारका माध्यमबाट योगदान पुर्याउने सञ्चारकर्मीहरुलाई सम्मेलनमा प्रसंशा पत्रले सम्मान गरिएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]