• चैत ६, २०७८
  • जुनकिरी खबर

प्याब्सनद्धारा रामधुनीमा निर्माण गरेको नमुना बस्तीको उद्घाटन गरि हस्तान्तरण

alt

सुनसरीको रामधुनी नगरपालिका ८ मा विपन्न समुदाय तथा बाढी पीडितहरूको लागि निर्माण गरिएको नमुना बस्ती उद्घाटन गरि हस्तान्तरण गरिएको छ । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनको केन्द्रिय समितिले निर्माण गरेको नमुना बस्तीको रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी र प्याब्सन केन्द्रिय अध्यक्ष टिकाराम पुरीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । वडा न ८ को डुम्राहा बस्तीमा प्याब्सनले करिब १ करोडको लगानीमा निर्माण गरेको बस्तीलाई आइतबारनै रामधुनीका मेयर र उपमेयरलाई हस्तान्तरण गरिएको छ। रामधुनी नगरका प्रमुखले समेत आजै प्रतिनिधिमूलक बस्तीलाई समुदायमा हस्तान्तरण गर्नुभएको थियो । 

प्याब्सनले ड्रिम प्रोजेक्टको रुपमा लिएर अराऊँ समुदायलाई केन्द्रित गरेर बस्ती निर्माण गरेको प्याब्सन केन्द्रिय अध्यक्ष टिकाराम पुरीले जानकारी दिनुभयो । यसको संरक्षणमा नगरपालिका र समुदायले सकारात्मक साथ दिनेमा आफू विश्वस्त रहेको समेत पुरीले बताउनुभयो ।  कार्यक्रमका बोल्दै रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले प्याब्सनको उदाहरणीय काममा नगरपालिका सदैव साथ र सहयोगमा रहने बताउनुभयो । 

बस्तीमा २५ वटा घर निर्माण गरिनुको साथै बिजुली र पानीको समेत व्यवस्था गरिएको छ । साथै आगामी दिनमा बस्ती भित्र बालमैत्री पार्क समेत निर्माण गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा प्याब्सनका प्रदेश १ अध्यक्ष तथा बिभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]