• चैत ७, २०७८
  • जुनकिरी खबर

इटहरी २ मा काँग्रेसको वडा समिती गठन, एमाले पार्टी परित्याग गरी दुई दर्जन बढी काँग्रेसमा प्रवेश

alt

इटहरी उपमहानगरपालिका वडा न. २ शिव चोकमा नेपाली कांग्रेसले शिवालय टोल समिति र महिला समिति गठन गरेको छ । टोल समितिको सभापतिमा जय बहादुर राई र महिला समितिको सभापतिमा अन्जना तामाङ राई चयन हुनुभएको छ । यो सँगै काँग्रेस इटहरी नगर समितिले इटहरी उपमहानगरपालिकामा २८ वटा टोल समिति गठन गरिसकेको छ । कार्यक्रममा नेकपा एमालेबाट पार्टी परित्याग गरी दुई दर्जन बढीले नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका थिए ।

नेपाली कङ्ग्रेस अब वैशाख ३० मा हुने निर्वाचनमा फरक ढङ्गले प्रस्तुत हुने केन्द्रीय महाधिवेशन प्रतिनिधि विकास केसीले जानकारी दिनुभयो । कम्युनिष्टहरूले जनतालाई झुक्याउने बाहेक अरु केही नगरेको र अब हुने निर्वाचनमा काँग्रेस १ नम्बर पार्टी बन्ने केसीले बताउनुभयो ।

नेपाली कांग्रेसका वडा सभापति दिपेन्द्र घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा पूर्व मन्त्री एवम् सासंद सीताराम मेहता, काँग्रेस सुनसरी उप सभापति नागेशचन्द्र राई, नगर सभापति हेमकर्ण पौडेल, केन्द्रीय महाधिवेशन प्रतिनिधि भिम पौडेल, विकास केसी, विमला ढकाल, लगायत प्रदेश सदस्य, क्षेत्रीय प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतीनीधीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]