• चैत १३, २०७८
  • जुनकिरी खबर

झुम्कामा ९ लाख लिटर क्षमताको ओभरहेड टैंकीको शिलान्यास

alt

झुम्का खानेपानी तथा सरसफाइ मुल उपभोक्ता समितिले खानेपानी बिस्तारका लागि झुम्का सहरी खानेपानीको शिलान्यास गरिएको छ ।

संघीय सरकारको खानेपानी मन्त्री उमाकान्त चौधरीले ९ लाख लिटर क्षमताको ओभरहेड टैंकी शिलान्यास गर्नु भएको हो । रामधुनी नगरवासीहरूमा समयमै स्वच्छ खानेपानी उपलब्ध गराउन समयसीमा भित्रै योजना सम्पन्न गर्न निर्देशन दिनुभयो । खानेपानी मानव स्वास्थ्यमा प्रत्यक्ष भूमिका खेल्ने भएकोले पूर्ण व्यवस्थापनमा व्यवस्थित रूपले सञ्चालन हुनु पर्ने बताउनु भयो । ओभरहेड टैंकी निर्माणले रामधुनी नगरवासी २४ औ घण्टा स्वच्छ खानेपानी पाउने बताउनु भयो । झुम्का सहरी खानेपानी रामधुनी वडा नं. १, २, ३ र ५ मा बिस्तार हुने जनाइएको छ ।

ओभरहेड टैंकी निर्माणको लागि ६१ करोड ७ लाख १२ हजार रकम लाग्ने छ। नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत ऋण सहयोग, नगरपालिका र उपभोक्ताहरु बाट ५ प्रतिशत लागत साझेदारीमा टैंकी निर्माण हुन लागेको हो । टैंकी निर्माणका लागि शर्मा भिमेश्वर जे. भी.ले ३६ करोड ५३ लाख ८१ हजारमा ठेक्का पाएको छ ।

झुम्का खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिका अध्यक्ष केशि लाल चौधरीको सभाध्यक्षमा आयोजित शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य नवोदित चौधरी, खानेपानी मन्त्रालय सचिव सुरेश आचार्य, नगरप्रमुख जयप्रकाश चौधरी, नेपाली कांग्रेसका नगर सभापति सुदीप अधिकारी लगायतले खानेपानीको महत्व बारेमा बोल्नु भएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]