• चैत १५, २०७८
  • जुनकिरी खबर

इटहरीमा डेरावालको कोठामा बम बिस्फोट : दुईजना घाइते

alt

इटहरीमा सोमबार राती बम बिस्फोट हुँदा दुई जना घाइते भएका छन्। इटहरी २ नवजागृति टोलमा भएको विष्फोटमा २२ वर्षीया रबिन थापा र २३ वर्षीया शेरजंग गुरुङ घाइते भएका हुन्।

थापा एक महिनाअघि मात्र अमित श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए। घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद्‍ नेपालको पर्चा बरामद गरेको छ। सुतली बम बिस्फोट भएको बताइएको छ। 

थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्र खड्काले बताए। उनका अनुसार घाइते दुवैको उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिएको छ। 

संघीयता खारेजी, हिन्दु राष्ट्र स्थापना, नागरिकता छानबिन, एमसीसी सम्झौता खारेज लगायतका मागहरु उक्त संगठनले राखेर देशव्यापी सशस्त्र युद्धको घोषणा गरेको एक महिनापछि यो विष्फोटको घटना भएको हो।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]