• चैत १५, २०७८
  • जुनकिरी खबर

इटहरीको क्रिकेट खेल मैदान मासेर जनता पार्क बनाइने भएपछि चौतर्फी विरोध 

alt

सुनसरीको इटहरी उपमहानगरपालिका बडा नम्बर ९ मा अबस्थीत डिभिएम स्कुलको ‘ग्राउण्ड’मा रहेको क्रिकेट खेल मैदानलाइ जनतापार्क’ बनाउने काम उपमहानगरपालिकाले सुरु गरेको छ । ५ करोड ५५ लाख रुपैयामा निर्माण हुन लागेको जनता पार्क निर्माणको लागि पहिलो चरणमा पार्कको संरचना बनाउने काम यो हप्ताबाट शुरु हुदैछ ।

मंसिर २३ गते इटहरी उपमहानगरपालिका र प्रेरा गिरी जेभी ललितपुरबिच पार्क निर्माणको ठेक्का सम्झौता भएको थियो । तर उपमहानगरले पार्कलाई पहिलो प्राथमिकता राखी क्रिकेट खेलमैदान हटाउन खोजीएको भन्दै खेलाडीहरु रुष्ट छन् । इटहरीमा रहेको १ मात्र क्रिकेट खेल मैदानमा ७ औँ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटका सम्पूर्ण खेल भएको र राष्ट्रिय स्तरबाट ध्यानाकर्षण भएको खेल मैदानलाई मासि उपमहानगरले पार्क निमार्ण गर्नु दुखद भएको सुनसरी जिल्ला क्रिकेट संघका सुनसरी अध्यक्ष सिपी पौडेल बताउनुहुन्छ । पार्क निर्माण गर्दा क्रिकेट खेल मैदान समेत अटाउनु पर्ने वहाँ बताउनुहुन्छ ।

इटहरी उपमहानगरपालिकाले बार्षिक लाखै रुपैया रकम खेलकुदमा बियोजन गर्ने गरेको छ । तर यसरी स्थानीय स्तरमा भएको खेल मैदान मासी पार्क निमार्ण गर्नु दुखद बिषय भएको खेलाडीहरु बताउछन् । इटहरी उपमहानगरले जनतापार्क निर्माणको लागि तयार पारेको डिपिआरमा समेत क्रिकेट खेल मैदान समाबेश गरिएको छैन ।

यता इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले भने डिभिएम स्कुलको क्रिकेट ग्राउण्डलाई इटहरी १० नं. वडा सार्ने र तत्काल क्रिकेटको मैदानलाई कुनै क्षति नगरि पार्क निर्माण गर्ने बताउनुभयो ।

हालको क्रिकेट मैदान डिभिएम स्कुलले उपयोग गदै आएको थियो । तर मेयर द्धावारिकलाल चौधरी र डिभिएम स्कुल प्रशासनबिच ऐलनी जमिनमा बिद्यालय बनेको बिषयमा विवाद भएको थियो । सोही विवादको क्रममा मेयर चौधरीले उक्त मैदानमा जनता पार्क बनाउने घोषणा गरेका थिए ।

यस कारण पनि बिद्यालय प्रशासन र मेयरबिचको विवादले इटहरीको एक मात्र क्रिकेट मैदान गुम्न लागेको जानकाहरु बताउछन् । अहिले इटहरी उपमहानगरको यो कदमको सामाजिक सञ्जालहरुमा समेत बिरोध भइरहेको छ ।।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]