• चैत १८, २०७८
  • जुनकिरी खबर

बम बिस्फोटमा संलग्न योजनाकार सहित ४ जना पक्राउ

alt

इटहरीमा बम बिस्फोट गराउने समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गरी बम बिस्फोटमा संलग्नलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा हिमाल सुरक्षा परिषदका मुख्य नाइके खगेन्द्र खरेलसहित चारजना छन् । बिस्फोटमा कोठाभाडामा बस्दै आएका २२ वर्षीय रबिन थापा र २० दिनअघि उनकै कोठामा पाहुना आएका लमजुङका २३ वर्षीय शेरजंङ गुरुङ घाइते भएका थिए ।

उनीहरूलाई पनि पक्राउ गरिएको छ । यस्तै, लक्ष्मीदेवी थापा ठकुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमध्ये खरेल मुख्य योजनाकार रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनलाई बिहीबार झापाको मेचीनगर ६ स्थित नेपाल–भारत सिमाना काकडभिट्टाबाट पक्राउ गरिएको एसपी थापाले जानकारी दिनुभयो ।

गत १४ गते राति इटहरी २ स्थित नवजागृति टोलका अमित श्रेष्ठको घरको तल्लो तलामा बम बिस्फोट भएको थियो । घटनामा इलाका प्रहरी कार्यालय इटहरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, संघीय प्रहरी इकाई कार्यालय धरान, प्रदेश १ प्रहरी (आरआइटी) समूह र जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई सुनसरी जिल्ला अदालतबाट बम बिस्फोटन र संगठित अपराध मुद्दा शीर्षकमा म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान तथा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]