• चैत १९, २०७८
  • जुनकिरी खबर

इटहरीमा बालबालिकाको निशुल्क आँखा परिक्षण हुने

alt

इटहरीमा पहिलो पटक ५ वर्ष मुनीका बालवालिकाहरुको निःशुल्क आँखा परिक्षण हुने भएको छ । होटल चिन्तन चौतारीमा इटहरी ग्लोबल आई हस्पिटलको आयोजनामा एक दिवसिय तालिमको आयोजना गरि आँखा परिक्षण गर्न लागेको हो । तालिममा ४३ जना खोप प्रदायक स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो । इटहरी ग्लोवल आँखा अस्पतालको आयोजना र इटहरी उपमहानगरको सहयोगमा सञ्चालित कार्यक्रममा नेपालकै पहिलो पटक इटहरीबाट बालबालिकाहरुको खोप संगै निःशुल्क आँखा परिक्षण हुने लागेको हो ।

इटहरीमा यो अभियान सफल हुन सके एक वर्षमा ३ हजार बढी बालबालीकाहरु लाभान्वित हुने अनुमान गरिएको छ । बालबालिकाहरुको आखामा देखिने बिभिन्न समस्याहरुको पहिचान गरि उनिहरुलाइ निःशुल्क उपचार र उचित परामर्स प्रदान गर्न स्वास्थ्यकर्मीलाई तालिम दिइएको हो ।

स्वास्थ्यकर्मीलाई मेची आँखा अस्पतालका डा.पुरुषोत्तम जोशी , डा.बेन लिम्बु र डा.निशा श्रेष्ठले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा बिशिस्ट अतिथि नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी, इटहरी उपमहानगरकि उपमेयर लक्ष्मी गौतम त्यसैगरी प्रमुख अतिथी इटहरी नगर प्रमुख द्धारिकलाल चौधरी लगायतले इटहरीबाट सुरु भएको नौलो अभियान प्रति सुभकामना व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]