• चैत १९, २०७८
  • जुनकिरी खबर

सुनसरीमा मतदान स्थलहरूको अनुगमन सुरु

alt

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा सुनसरीमा मतदान स्थलहरूको अनुगमन सुरु भएको छ । 

जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले दिएको जानकारी अनुसार आज सुनसरीको कोशी, भोक्राहा नरसिंह लगायतको दक्षिणी क्षेत्रको मतदान स्थलहरूको अनुगमन गरिएको छ । अनुगमन टोलीमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी, सशस्त्र प्रहरीका एसपी, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका प्रमुख र जिल्ला निर्वाचन अधिकारीको संयुक्त टोली रहेका छन् ।  

यसै बिच निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको समयमा अप्रिय घटना नहोस् भनेर निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ पनि जारी गरेको छ ।

निर्देशिकामा विभिन्न प्रकारका सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ । स्ट्राइकिङ्ग टोलीदेखि हवाई सुरक्षा गस्तीसम्मको सुरक्षाको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]