• साउन २३, २०७६
  • जुनकिरी खबर

रुखले किचेर श्रीमान- श्रीमती घाइते

alt

धरानस्थित विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान हाताभित्र सखुवाको रुखले किचेर दुईजना गम्भीर घाइते भएका छन्। प्रतिष्ठानको पार्किङ क्षेत्रमा सखुवाको रुख ढलेर बिरामीका दुई कुरुवा घाइते भएका हुन्। 

रुखले किचेर धनुषाको जनकुपुर -३ का जितेन्द्र यादव र उनकी श्रीमती अन्जली यादव गम्भीर घाइते भएका छन्। दुबैको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ। उनीहरु छोरा क्रितिकको उपचारका लागि धरान आएका थिए। प्रतिष्ठानका निर्देशक गौरीशंकर साहले घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाइएको बताएका छन्।

प्रतिष्ठानमा बुढा भएका रुखको व्यवस्थापन नगर्दा वर्षेनी दुर्घटनाको जोखिम बढेको छ। दुई वर्ष अगाडी पनि प्रतिष्ठान हाता भित्रै रुख ढलेर किच्दा एकजना एमवीवीएस अध्ययनरत एक छात्राको मृत्यु भएको थियो। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]