• चैत २१, २०७८
  • जुनकिरी खबर

इनरुवा उपप्रमुखमा बिनिता दाहालको नाम चर्चामा

alt

बिनिता दहाल समाजसेवाको क्षेत्रमा एक परिचीत नाम हो । धेरै महिलाहरुलाइ संघ संस्थाको माध्यमबाट आत्मनिर्भर बनाउन सफल भएकी दाहाल नेपाली कांग्रेस इनरुवाकी उपसभापती हुन् । बिभिन्न संघ सस्थामा सक्रिय दहाल लामो समयदेखी समाजसेवामा निरन्तर लागिरहेकी छिन् ।

स्थानीयको मन मुटुमा बस्न सफल  बिनिता महिला दिदि बहिनिहरुका उत्थानका निम्ती निरन्तर संघर्ष गरीरहेकी छिन् ।  त्यसबाहेक उनी एक कुशल राजनितीज्ञ पनी हुन् ।

२० बर्षको कलिलो उमेर देखिनै राजनिती शुरु गरेकी उनी इनरुवा नेपाली कांग्रेस महिला बिभाग प्रमुख भएर काम गरीरहेकी छिन् । असल राजनिती संस्कारलाइ अबलम्बन गरेकी उनी राजनितीको माध्यमबाट समाज स्वच्छ, सालिन र मिजासिलो स्वाभका उनी सबै उमेर र क्षेत्रका मानिससँग छिट्टै घुमिल हुनसक्ने नेतृ हुन् । उनी सामाजिक विषय वस्तुलाई छिट्टो बुझ्न सक्ने र समय सापेक्ष निर्णय गर्न सक्ने नेतृको रुपमा पनि स्थापित छन् । र देशलाइ परिवर्तन गर्न सकिने बताउँछिन् ।

लामो समय समाजसेवामा सक्रिय भएर काम गरेकै कारण आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इनरुवा नगरपालिकाको उपप्रमुखमा बिनिता दहालको नाम चर्चामा आउन थालेको छ । दाहाल इनरु वा नगरपालिकानमा स्थापित र सबैले रुचाएकी महिला नेतृ भएकै कारण उनी उपप्रमुखको बलियो उमेद्वार हुन् ।

स्वच्छ, सालिन र मिजासिलो स्वभावकि उनी सबै उमेर र क्षेत्रका मानिससँग छिट्टै घुमिल हुनसक्ने नेतृ हुन् । उनी सामाजिक विषय वस्तुलाई छिट्टो बुझ्न सक्ने र समय सापेक्ष निर्णय गर्न सक्ने नेतृको रुपमा पनि स्थापित छन् । पार्टिले आफुलाइ सक्षम ठानेको खण्डमा उपप्रमुखमा आफ्नो उम्मेद्वारी रहने उपसभापति दाहाल बताउछिन् ।

राजनितीको माध्यमबाट फराकिलो भएर सामाजिक काम गर्दै इनरुवा र यहाँका स्थानीयलाइ थप उचाइका पुर्याउने उनको भनाइ छ ।।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]