• चैत २५, २०७८
  • जुनकिरी खबर

शनिबार इटहरी गोल्डकपको फाइनल : आर्मी र सगरमाथा युथ क्लब मोरङ भिड्दै

alt

इटहरीमा जारी १२ औँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको फाइनल खेल शनिबार हुने भएको छ । इटहरीको रगंशालामा शनिवार विभागीय टिम त्रिभुवन आर्मी फुटवल क्लब काठमाडौँ र सगरमाथा युथ क्लब मोरङ फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । बुधवार भएको सेमि फाइनल खेलमा त्रिभुवन क्लबले रोलिङ क्लब झापालाई २–१ गोल अन्तरले पछि पार्दै फाइनलमा प्रवेश गरेको थियो ।

त्यस्तै सगरमाथा युथ क्लबले हिजो विहिवार भएको खेलमा ए डिभिजनको मनाङ–मस्र्याङ्दी क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेर फाइनलका लागि स्थान सुरक्षित गरेको थियो । यि दुई टिम विचको खेल दिउसो ३ ः ३० बजे सुरु हुने छ । दुबै टिम जित निकाल्ने दाउमा छन् ।

फाइनलमा पुगेता पनि आर्मि जस्तो बलियो टिम सगं प्रतिस्पर्धा गर्न निकै चुनौती रहेको तर आफु पनि तयारी अवस्थामा रहेको सगरमाथा युथ क्लबका प्रशिक्षक युवेन गुरुङ्ले बताउनुभयो । यता त्रिभुवनका टिम क्याप्टेट भरत खवासले नेपालमा भइरहेको टुर्नामेन्टहरुमा धेरै जसो ठाउँमा फाइनल खेलिरहेको र यहा पनि पहिलाको डिफेण्डिङ च्याम्पियन भएकाले यसलाई संंरक्षण गर्नुपर्ने भएकाले केहि दबाब भएको बताउनुभयो ।

खेलको विजेताले नगद सात लाख र उपविजेताले नगद तीन लाख ५० हजार हात पार्ने पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । त्यसैगरी विधा तर्फ बेस्ट गोल किपर, बेस्ट डिफेन्स, बेस्ट रेफ्रि, बेस्ट मिड फिल्डलाई जनही १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ । सर्वोत्कृष्ट खेलाडिलाई भने यमाहाको फ्यासिनो स्कुटर प्रदान गरिने र इटहरीका उदयमान खेलाडिलाई ४० इन्चको एल इ डि टि.भी प्रदान गरिने छ ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]