नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमीले वार्षिक उत्सवको अवसर पारेर शैक्षिक प्रर्दशनी एक कार्यक्रमको आयोजना गरेको छ । संस्कारयुक्त शिक्षामा जोड दिदै आएको नेपाल दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमीले बार्षिक उत्सवको अवसर पारेर विद्यार्थीहरुले तयार पारेका विज्ञान तथा अन्य विषय केन्द्रीत शैक्षिक प्रर्दशनी आयोजना गरेको होे।
विद्यालय सञ्चालक समितिका अध्यक्ष धु्रवकुमार सुब्बाको अध्यक्षता तथा पुर्व मन्त्री रामकुमार सुब्बाको प्रमुख आतिथ्यमा आयोजना गरिएको वार्षिक उत्सव तथा शैक्षिक प्रर्दशनी कार्यक्रमका अवसरमा विद्यालयमा कार्यरत आठ जना शिक्षक एक जना कर्मचारी सहित एक जना पत्रकारलाई सम्मान गरियो । सम्मानित हुने पत्रकार हिमाल दाहाललाई पत्रकारिताका माध्यमबाट सामाजिक विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरियो त्यसै गरी विद्यालयका शिक्षक जनक विष्ट ,जुनु लिम्बु, नोरजिङ सुब्बा , रविन थापा र कर्मचारी प्रमिला कार्की लगायतलाई समेत उत्कृष्ट शिक्षक कर्मचारीका रुपमा नगद सहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक डाक्टर वेणु सिटौलाले जानकारी दिए ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved