• चैत २९, २०७८
  • जुनकिरी खबर

झुम्का कारागारका १२ कैदी मध्यरातमा सारिए

alt

झुम्का कारागारका कैदीबन्दी मध्यरातमा सारिएको छ । सुनसरीको रामधुनी नगरपालिकामा रहेको झुम्का कारागारका कैदी कारागार प्रशासनलाई समेत जानकारी नै नदिइ अन्यत्र सारिएपछि कैदीबन्दीहरुले चर्को विरोध जनाएका छन् । 

कारागार व्यवस्थापन विभागका महानिर्देशक बासुदेब घिमिरेले विचौलियासँग मिलेर कैदीबन्दीहरुको अन्यन्त्र सरुवा गरेको बुझिएको बताए । झुम्का कारागारको बी ब्लकका चौकीदार समेत रहेका कैदी खड्गबहादुर राई र जोन नाल्बो लिम्बूलाई मुढा बनाउने कच्चा पदार्थ खरिद गर्न बजार निस्किएको बेला जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पक्राउ गरी रातारात अन्यन्त्र सरुवा गरेको हो।

राईलाई डिल्लीबजार कारागार र लिम्बूलाई भिमफेदी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी संजयसिंह थापाले जानकारी दिए । कारागार व्यवस्थापन विभागले शान्ति सुरक्षा दिन लिखित आग्रह गरेपछि प्रहरीले सुरक्षामात्र दिएको र अन्य विषयमा आफूलाई जानकारी नभएको उनले बताए।

सामान्यतया कैदीबन्दीहरुको सरुवा गर्दा कैद भुक्तान गरिरहेको कार्यालयबाट कैदीबन्दीहरुलाई निवेदन दिन लगाएर सम्बन्धित कार्यालयको सिफारिसमा कारागार व्यवस्थापन विभागले कैदीबन्दीहरुको सरुवा गर्ने नियम छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]