आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबाट इटहरीमा नेकपा एकीकृत समाजवादीले उपमेयर पाउने पक्का भएपछि शैलेश बिष्टको नाम अहिले चर्चामा छ । इटहरी उपमहानगरपालिकाको मेयर पदमा काँग्रेस र उपमेयरमा माधव कुमार नेपालको एकीकृत समाजवादी पार्टीले टिकट दिने सत्ता गठबन्धनबाट निर्णय भएसँगै व्यवसायी बिष्टको नाम चर्चामा छ ।
तत्कालीन नेकपा एमालेमा समेत रहँदा सकृय एवम् भद्र नेता मानिएका बिष्ट इटहरीका सफल व्यवसायी समेत हुन । पार्टी फुटेसँगै बिष्ट खुलेर एकीकृत समाजवादी पार्टीमा सकृय देखिन थालेका छन् । बिष्ट अहिले पार्टीको सुनसरी सचिवालय सदस्य छन् भने उघोग व्यवसायी महासङ्घको केन्द्रिय उपाध्यक्ष र प्रदेश १ को संयोजक हुन ।
इटहरीका रैथाने अनि पुरानो व्यवसायी रहेका बिष्टले उपमेयर पदको लागि तयारी समेत थालेका छन् । बिष्ट पुरानो एमाले समेत भएकाले एमालेकै मत चोर्न सक्ने दरिलो उम्मेदवार भएको बताइन्छ । त्यसो त उनी काँग्रेस निकट व्यक्तिहरूसँग पनि उतिकै निकट छन् ।
साथै उघोग वाणिज्य संघ इटहरीको बरिष्ठ उपाध्यक्षको अढाई वर्षको उदाहरणीय कार्यकाल पुरा गरेका बिष्ट इटहरीका आधिकांश व्यवसायीबीच निकट पनि छन् । उवासङ्घमा रहँदा व्यवसायीहरूका समस्यालाई रात दिन नभनी समाधान अनि समन्वय गर्ने बिष्टलाई राम्रो मत व्यवसायीबाटै आउने आकलन गरिन्छ । साथै उनी बिभिन्न संघ संस्थाको नेतृत्वदायी भूमिकामा रहँदा उनले गरेको काम चौतर्फी चर्चा हुने गरेको थियो ।
इटहरीका प्राय सबै स्थानीहरूसँग प्रत्यक्ष परिचित बिष्ट आफू उपमेयर पदको लागि योग्य रहेको बताउँछन् । इटहरीवासीको हरेक समस्या प्रति आफू जानकार भएकाले पनि स्थानीय सरकार सञ्चालन गर्ने जिम्मेवारी पाएको खण्डमा त्यस्ता समस्याहरू क्रमश सुधार गर्ने बताए ।
यता एकीकृत समाजवादी पार्टी बिस्तारको लागि बिष्टले देखाइरहेको सकृयता अनुसार उपमेयर पदको हकदार बिष्ट भएको पार्टी भित्रै समेत चर्चा हुने गरेको छ । पार्टीका अग्रज नेता तथा कार्यकर्ताले समेत बिष्टलाई उपमेयर पदमा उठाउन उचित र योग्य व्यक्ति भनेका छन् ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved