• साउन २३, २०७६
  • जुनकिरी खबर

क्षेत्राधिकारको विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विवाद

alt

क्षेत्राधिकारको विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच विवाद बढ्ने संकेत देखिएको छ । नेपाल प्रहरीको क्षेत्राधिकार कटौती गरी सशस्त्र प्रहरी बललाई सुम्पने तयारीपछि दुई संगठनबीच सम्बन्धमा चिसोपन आएको छ ।

सरकारले पनि यी दुई सुरक्षा संगठनलाई कसरी परिचालन गर्ने भन्ने विषयमा त्यति स्पस्ट हुन सकेको देखिँदैन ।

नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सन्चालन, सुपरीवेक्षण र समन्वयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक यतिबेला संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा छ ।

केही सांसदहरुले नेपाल प्रहरीको क्षेत्राधिकार कटौती गरी सशस्त्र प्रहरीलाई थप जिम्मेवारी सुम्पिनुपर्ने मत राखेका छन् भने केहीले आपत्ति जनाएका छन् ।

राज्य व्यवस्था समितिमा सांसदहरुले नेपाल प्रहरीको क्षेत्राधिकार कटौतीको प्रस्ताव राखेपछि प्रहरी अधिकृतहरु झस्किएका छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका नेकपा नेता जनार्दन शर्मा, पम्फा भुसाल, नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूलगायतले प्रहरीलाई अनुसन्धानकोमात्र जिम्मा दिएर सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिनुपर्ने धारणा राखेका थिए ।

साथै, केही सांसदहरुले राजमार्ग, विदेशी कूटनीतिक नियोग, औद्योगिक क्षेत्र, राष्ट्रिय प्राथमकिताको आयोजना, विमानस्थल, कारागारलगायतको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिन प्रस्ताव गरेका छन् । यसका लागि सशस्त्र प्रहरी बलले ‘लबिङ’ गर्दै आएको थियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सुरक्षाको जिम्मा नेपाली सेना र सशस्त्र प्रहरीलाई दिइएपनि सर्वसाधारणको बाक्लो उपस्थिति रहने ठाउँको सुरक्षा जिम्मा नेपाल प्रहरीलाई नै दिनुपर्ने बताउँछन् ।

नेकपा सांसद पूर्वप्रहरी नायब महानिरीक्षक नवराज सिलवाल जनतासँग जोडिने क्षेत्रमा नेपाल प्रहरी नै रहनुपर्ने तर्क गर्छन् ।

त्यसो त राजमार्गहरुमा अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खट्ने गरेको छ । तर, नेपाल प्रहरीलाई राजमार्ग सुरक्षाको जिम्मेवारीबाट हटाउने हो भने अपराध नियन्त्रण नहुने नेपाल प्रहरीका अधिकृतहरुको बुझाइ छ ।

सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको जिम्मेवारी दिइएपनि नेपाल प्रहरीले पनि सीमा सुरक्षाचौकीको नाममा छुट्टै ‘युनिट’ खडा गरेको छ ।

यता, गृह मन्त्रालयले तयार पारेको सशस्त्र प्रहरी बल नेपालको गठन, सेवा, सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधयेकको मस्यौदालाई लिएरपनि दुई संगठनबीच विवाद देखिएको छ ।

जसमा सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी जारी गर्ने, पक्राउ गर्ने, खानतलासी र मुचुल्का गर्न पाउने अधिकार दिइएको छ । यो विषयमा विगतमा पनि विवाद भएको थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]