• साउन २३, २०७६
  • जुनकिरी खबर

प्रदेश १ सरकारले लगानी भित्र्याउन लगानी सम्मेलनको आयोजना गर्ने

alt

प्रदेश नं. १ सरकारले लगानी भित्र्याउन लगानी सम्मेलन आयोजना गर्ने भएको छ । सिएनआईले आयोजना गर्न लागेको तेश्रो पूर्वाधार सम्मेलन बारे जानकारी दिन विराटनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रदेश नं. १ का मुख्यमंत्री शेरधन राईले प्रदेशमा अधिकतम लगानी ल्याउन कै लागि लगानी मैत्री कानून बनाइदै गरेको जानकारी दिनुभयो ।

उहाँले धेरै पूर्वाधारहरु प्राथमिकता, समन्वय अभाव र अनुगमन नहुँदा समयमा सम्पन्न हुन नसकेको अवस्था रहेकाले प्रदेश सरकारले लगानी नीतिमा यस बारे विशेष व्यवस्था गर्न लागेको जानकारी समेत दिनुभयो । मुख्यमंत्री राईले प्रदेश सरकारले परियोजना बैंक बनाएको र परियोजनाको प्राथमिकीकरण गरेर लगानीका लागि निजी क्षेत्रलाई आव्हान गर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, प्रदेश नं. १ का प्रमुख सचिव सुरेश अधिकारी लगायतले आयात प्रतिस्थापन गर्ने उद्योगहरु स्थापना गर्न सकिए मात्रै पनि प्रदेशको मात्रै नभइ मुलुकको जिडिपी बढाउन सकिने बताउनुभयो ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]