• वैशाख २६, २०७९
  • जुनकिरी खबर

बैशाख ३० गतेपछि पाँच दलीय गठबन्धन टनमा परिणत हुन्छ

alt

नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनालले बैशाख ३० गतेपछि पाँच दलीय गठबन्धन टनमा परिणत हुने बताउनुभएको छ ।

सोमबार लोकतान्त्रिक गठबन्धनले इटहरीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले वैशाख ३० गतेपछि एमाले अध्यक्ष केपी ओली गुटको समाप्त हुने र पाँच दलीय गठबन्धन टनमा परिणत हुने दावी गर्नुभएको हो । उहाले संविधान निर्माणमा पनि सबै दलहरू एक भएको स्मरण गर्दै अहिले बनेको गठबन्धन संविधान रक्षाका लागि भएको तर्क राख्नुभयो ।

उहाँले इटहरीमा गठबन्धनको टीम विजयी हुने निश्चित जस्तै भएको दाबी गर्नुभयो । यस्तै चुनाबी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाख ३० गतेको निर्वाचन पार्टी एकता नभएर संविधान रक्षाका लागि तालमेल मात्र भएको बताउनुभयो ।

चुनाबी सभामा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण विडारी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य द्दय राजीव ढुंगाना र कल्पना चौधरीसँगै मेयरका उम्मेदवार हेमकर्ण पौडेल र उपमेयरका उम्मेदवार केशव विष्टले बोल्नुभएको थियो । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा नेपाली कांग्रेसका पौडेल र नेकपा एकीकृत समाजवादीबाट उपमेयरमा विष्ट चुनावी मैदानमा छन् ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]