• जेठ २, २०७९
  • जुनकिरी खबर

सुनसरीमा जेठ ५ गतेभित्र मतगणना सम्पन्न गर्न आयुक्तको निर्देशन

alt

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले १ नं. प्रदेशमा जारी बिभिन्न मतगणनाको निरीक्षण गर्नुभएको छ ।
मतगणना कार्य सुस्त भएको र नतिजा आउन ढिलाई भइरहेको जनगुनासो अत्यधिक आइरहेको बेला आयुक्त थपलियाले सुनसरी र मोरङका बिभिन्न मतगणना केन्द्रको निरीक्षण गर्नुभएको हो । वहाँले सम्बन्धित मतदान केन्द्रका निर्वाचन अधिकृतहरुलाई गणक संख्या दोब्बर बनाउन पनि निर्देशन दिनुभयो ।

थपलियाले कर्मचारीहरुको सुविधा बढाउन आयोग सकरात्मक रहेको भन्दै सहयोग गर्न सबै पक्षलाई आग्रह पनि गर्नुभयो । आयुक्त थपलियाले जेठ ५ गतेभित्र मतगणना कार्य सम्पन्न गर्नें गरि गणना कार्यलाई अघि बढाउन पनि निर्देशन दिनुभयो ।

वहाँले १२ गतेभित्र २०७४ मा निवार्चित जनप्रतिनिधिहरुको पदावधि सकिने भएकोले ६ गते नयाँ जनप्रतिनिधिहरुलाई स्थानीय सरकार हस्तान्तरण गर्न आयोग आतुर रहेको सञ्चारकर्मीलाई प्रतिकृया दिनुभयो । यता निर्वाचनमा एमालेले धाँधली गरेको आरोप लगाएकोबारे आयुक्त थपलियाले प्रमाणित नभएको कुरा बोलेर आफ्नो प्रतिष्ठा, उचाई र मर्यादा घटाउनेसँगै त्यसबारे पनि जवाफ खोज्न सञ्चारकर्मीसँग आग्रह गर्नुभयो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]