• जेठ ८, २०७९
  • जुनकिरी खबर

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी

alt

धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् । कुल मतगणना भइसक्दा उनले २०८२१ मत ल्याउँदै विजयी भएका हुन् । नेपाली काँग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पछि पार्दै उनी विजयी भएका छन् ।
 
धरानमा कुल १००३२४ मत मध्ये ६२०९८ मत खसेको थियो । गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर राईले १६०५९मत सहित दोस्रो भएका छन् । कम्युनिस्टको गढ मानिएको धरानमा नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२८२५ मत पाएर तेस्रो स्थानमा पुगेकी छिन् । 
 
उपमेयरमा नेकपा माओवादीको तर्फबाट गठबन्धनका उम्मेदवार आइन्द्र विक्रम बेघाले २०५१० ल्याएर विजयी भएका छन् भने नेकपा एमालेका उम्मेदवार पदम इस्बोले १७६०६ मत प्राप्त गरेका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]