• असार २, २०७९
  • जुनकिरी खबर

इटहरीमा अनुगमन म्याद गुज्रिएका सामानहरु नष्ट

alt

इटहरी । बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अनुगमन टोलीले तत्काल म्याद गुज्रिएका सामानहरु नष्ट गरि व्यवसायीलाई सचेत गराइएको छ । जिल्ला प्रशासन कार्यालय समेतको सहभागितामा गरिएको बजार अनुगमनका क्रममा इटहरीको मुख्य बजार क्षेत्रका केही पसलहरुमा म्याद गुज्रिएका सामानहरु फेलापछि नष्ट गरिएको हो । अनुगमनका क्रममा खाद्य पसलहरुमा केही सामानको म्याद गुज्रिएको पाइएको खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख काशिनाथ घिमीरेले जानकारी दिए ।

स्थानीय निकाय समेतको सहभागितामा जिल्ला प्रशासन , घरेलु तथा साना उद्योग कार्यालय लगायतको सरोकारवालाहरुको समेत उपस्थितीमा बजार अनुगमन गर्ने क्रममा मसला , खाने तेल लगायतका वस्तुको म्याद गुज्रिएको पाइएका हुन ।

बजार अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुका म्याद गुज्रिएको पाइएको वताउदै यस पटकलाई सचेत गराइएको घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजन पाण्डे वताउछन । उनले सरोकारवाला निकायहरुसंग समन्वय गरेर आलोपालोमा अनुगमनलाई निरन्तरता समेत दिने जानकारी गराए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]