• असार ६, २०७९
  • जुनकिरी खबर

नेकपा एसले बुझायो इटहरीका मेयरलाई ३७ बुँदे ध्यानाकर्षण पत्र

alt

नेकपा एकीकृत समाजवादी इटहरी उपमहानगर कमिटिले आइतबार इटहरीका नगरप्रमुख हेमकर्ण पौडेललाई भेटी नगरका समस्या सहितको ३७ बुँदे ध्यानकर्षणपत्र बुझाएको छ ।

पार्टीको इटहरी नगर कमिटिका इन्चार्ज केवलप्रसाद फुयाँलको अगुवाइमा पार्टीका जिल्ला उपाध्यक्ष सुन्दरमणि राई, प्रदेश कमिटिका तारा पोखरेल, जिल्ला उपसचिव राजेश भण्डारी नगर कमिटिका अध्यक्ष गणेश बुढाथोकी लगायतले नगरप्रमुख पौडेललाई भेटी बधाइ तथा शुभकामनासमेत व्यक्त गरेका थिए ।

मेयर पदमा विजयी बनेपछि नेकपा एसका तर्फबाट बधाइ ज्ञापन गर्दै नगरका समस्याहरु समाधानका लागि ध्यानाकर्षण गराएको पार्टीका इटहरी सहइन्चार्ज रमेश खत्रीले बताए । ध्यानाकर्षणपत्रमा सहमतिमा काम गर्ने सँस्कार थाल्न माग गर्दै नेकपा एसले सरकारले गर्ने कामको श्वेतपत्र जारी गर्न पनि माग गरेको छ भने इटहरीमा हुने डुबान समस्यालाई समाधान गर्न तटबन्ध निर्माणलाई प्राथमिकता दिन ध्यानाकर्षण गराएको छ ।

उपमेयरका उम्मेदवारसहित गठबन्धनको एक हिस्सा बनेर चुनाव लडेको नेकपा एसले हाट बजार तथा सडक व्यापारीको उचित व्यावस्थापन माग गर्दै निर्माण क्षेत्रमा काम गर्ने मजदुरको पहिचान गरी उनीहरुलाई शिक्षा, स्वास्थ्य निशुल्क हुनेगरी व्यवस्था मिलाउनसमेत माग गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]