• असार १०, २०७९
  • जुनकिरी खबर

इटहरी उपमहानगरपालिकाको बजेट २ अर्ब १८ करोड

alt

इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९।०८० को लागि २ अर्व १८ करोड ६ लाख १० अनुमानित बजेट पेश गरेको छ।

शुक्रबार ११ औं नगरसभाबाट आगामी आर्थिक वर्षका लागि पेस गरिएको बजेटमध्ये संघीय सामानिकरण अनुदान ३४ करोड ९७ लाख, संघीय ससर्त अनुदानबाट ४६ करोड ७७ लाख, संघीय समपुरक अनुदानबाट ४ करोड ५० लाख र संघीय विशेष अनुदानबाट ९ करोड प्राप्त हुने अनुमान गरिएको छ।

यस्तै, प्रदेश समानिकरण अनुदानबाट १ करोड ९९ लाख ६० हजार, प्रदेश ससर्त अनुदानबाट २ करोड ९५ लाख ५२ हजार, प्रदेश समपूरक अनुदानबाट १ करोड, संघीय राजश्व बाडफाँडबाट १८ करोड ३७ लाख २ हजार, प्रदेश राजश्व बाँडफाँड (सवारी कर) बाट २ करोड ९ लाख २० हजार र प्रदेश राजश्व बाँडफाँड मालपोत रजिष्ट्रेशनबाट ३२ करोड बजेट अनुमान गरिएको छ। आगामी आर्थिक वर्षका लागि खर्च बेर्होने स्रोतमध्ये आन्तरिक श्रोतबाट ३६ करोड ५ लाख, नगद मौज्दात परिर्वनबाट २७ करोड ९८ लाख ९८ हजार र आसमान नेपालको साझेदारी रकमबाट ३७ लाख ७८ हजार अनुमान गरिएको छ।

बजेटको ठूलो हिस्सा भौतिक पूर्वाधारमा खर्च गरिने उल्लेख छ। भौतिक पूर्वाधारबाहेक स्वास्थ्य, शिक्षा, कृषि, पशुविकास तथा रोजगारी श्रृजना हुने क्षेत्र लगायतलाई समेटिएको उपप्रमुख संगीता चौधरीले बताउनुभयो । यसैबीच, इटहरी उपमहानगरपालिकाले थारू जातिलाई नगरको प्रथम नागरिक पनि घोषणा गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]