• असार १४, २०७९
  • जुनकिरी खबर

इटहरीमा सयभन्दा बढी घर डुबानमा

alt

सोमबार रातिदेखि परेको वर्षाले इटहरी उपमहानगरपालिका क्षेत्रभित्र जलमग्न भएको छ। ट्याङ्ग्रा खोला र खेतिखोलामा आएको बाढी बस्तीमा पसेपछि इटहरीका धेरैजसो स्थानमा जलमग्न भएको हो ।

यसरी मानववस्तीमा बाढी प्रवेश गर्दा स्थानीय त्रसित बनेका छन् । वर्षाले गर्दा इटहरीको मुख्य बजार क्षेत्र डुवानमा परेको छ ।

बाढीका कारण इटहरीमा मंगलबार साँझ ६ बजेसम्म सयभन्दा बढी घरमा बाढी पसेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । खोला भरिएर बाढी बस्ती तर्फ पसेपछि स्थानियको घरमा समेत बाढी पसेको थियो । जसको कारण केही फुसका घरमा क्षति पुगेको जनाइएको छ । अझै पनि बर्षा नरोकिएका कारण बाढी पसेका स्थानियहरुलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।

इटहरी उपमहानगरकाका मेयर हेमकर्ण पौडेलसहित २० वटै वडाका वडाध्यक्षहरु बाढी प्रभाबित क्षेत्रमा खटिएका छन् । मेयर पौडेल नेतृत्वको टोलीले खोला थुनिएका केही स्थानहरुमा पुगेर खोला सफाइ गर्नुको साथै कटान भएका क्षेत्रमा बाध बाधिएको अवस्था छ । बर्षा केही दिनसम्म जारी रहने जल तथा पूर्वानुमान महाशाखाको रिर्पाेट अनुसार इटहरीमा विपद व्यवस्थापन समितिका जनप्रतिनिधिहरु रात दिन तयारी अवस्थामा रहेको मेयर पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]