• असार १६, २०७९
  • जुनकिरी खबर

टिपर चालकको शव पोखरीमा भेटियो

alt

मोरङको पथरीशनिश्चरे नगरपालिका–६ र सुनवर्षी नगरपालिका–१ को सीमानामा रहेको कमल पोखरीमा एकजना टिपर चालकको शव फेला परेको छ । 

पथरीशनिश्चरे–६ केचनाका ३५ वर्षीय रामकृष्ण शर्माको शव पोखरीमा तैरिरहेको अवस्थामा बिहीबार बिहान ९ बजेतिर फेला परेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए । 

उनका अनुसार एउटै टिपरमा काम गर्ने सहचालक सुनवर्षी–१ का १८ वर्षीय दिपेश राई र चालक शर्मा गत मंगलबार साँझ घरबाट सँगै निस्किएको खुलेको छ । 

राईसँगै घरबाट हिँडेका शर्मा नफर्किएपछि परिवारका सदस्यले खोजी गरिदिन आग्रह गर्दै प्रहरी कार्यालयमा हुलिया निवेदन दिएका थिए । खोजी गर्ने क्रममा लगभग ७/८ बिघा क्षेत्रफलमा फैलिएको पोखरीको पानीमाथि तैरिरहेको अवस्थामा शर्माको शव भेटिएको जानकारी डीएसपी गौतमले दिए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]