इटहरीमा मोबाइल किन्ने बहानामा ठगी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई तरहराबाट पक्राउ गरेको छ ।
असार १० गते साँझ इटहरी ६ मा दीपक कायस्थले सन्चालन गरेको कम्युनिकेशन मोबाइल पसलमा मोबाइल किन्न गएर ठगी गरेको आरोपमा तरहराबाट एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा नेपालगन्ज २ बाँकेका ४२ वर्षीय सन्तोष शर्मा रहेका छन् ।
शर्माले मोबाइल पसलमा आएर आफू ओमसाई मनकामना आरोग्य सेन्टरको डाक्टर रहेको बताउँदै स्यामसुङ कम्पनीको ए३३ मोबाइल किनेर पैसा नदिई फरार भएको डीएसपी खड्काले बताए ।
उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका शर्मामाथि जिल्ला अदालत सुनसरीबाट थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved