• असार २१, २०७९
  • जुनकिरी खबर

सुनसरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा विजय श्रेष्ठ निर्वाचित

alt

सुनसरी उद्योग वाणिज्य सङ्घ धरानको अध्यक्षमा विजय श्रेष्ठ विजयी भएका छन् । विजय श्रेष्ठले १२२५ मत प्राप्त गरी विजयी भएका हुन भने उनका प्रतिद्वन्द्वी शिवराज श्रेष्ठले ६३६ मत र पवन अग्रवालले ३३३ मत मात्रै प्राप्त गरेका थिए । 

यसैगरी बस्तुगततर्फ रामस्वरुप शर्माले ११ मत र नारायण लिम्बुले १० मत प्राप्त गरी विजयी भएका छन् । सोही पदमा अनिल ताम्राकारले ६ र नवीनकुमार तामाङले ९ मत मात्र प्राप्त गरेका थिए । 

उद्योग सदस्य तर्फ पीयूषराज आचार्यले ५७८, प्रभाव खतिवडाले ५३२ , महेन्द्र प्रधानले ५२१ र विष्णु बरालले ४९३ मत प्राप्त गरेर विजयी भएका छन् । सोही पदका लागि चन्द्रप्रसाद बजगाईँले २८४, भोला श्रेष्ठले ३९४ मत मात्र प्राप्त गरेका थिए । 

यसैगरी वाणिज्य सदस्य तर्फ उपेन्द्र चाम्लिङले ६२२, किसान मास्केले ६६४, जयप्रकाश शर्माले ६६४, नवीन राजभण्डारीले ६७५, मनोजकुमार अग्रवाल तोदीले ६१९, राजेश अग्रवालले ६४४, शैलेशकुमार आचार्य (प्रमोद) ले ६५१ र शशि शाहले ६७१ मत प्राप्त गरेर विजयी भएका छन् । सोही पदमा अमित अग्रहरीले ५९०, काजी गिरीले ४१८, दिनेश राईले ४८१, नवीन लिम्बुले ४४७, विवेक अग्रवालले ६१५, रविकुमार राईले ५१६, राजेश श्रेष्ठले ५७९, विश्वराम कार्कीले २१० र सिताराम आचार्यले ५५९ मत मात्रै प्राप्त गरेका थिए । 

वाणिज्य महिला तर्फ वर्षा अग्रवाल श्रेष्ठले ८०१ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी ममता शाक्यले ४०७ मत मात्र प्राप्त गरेकी थिइन् ।  

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]