नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती विभिन्न स्थानमा विविध कार्यक्रम गरि मनाउने क्रममा इटहरीमा पनि मनाइएको छ।
इटहरी साहित्यक समूहको आयोजनामा गरिएको कार्यक्रममा इटहरी काव्य पुरस्कार वितरण गरियो । वर्षेनी भानु जयन्तीको अवसरमा इटहरी साहित्यिक समूहले प्रदान गर्दै आएको इटहरी काव्य पुरस्कार यसपटक काठमाडौकी उपमा आचार्यलाई प्रदान गरियो । उहाँलाई नगद १५ राशीको पुरस्कार प्रदान गरिएको थियो ।
सो क्रममा सहभागी कवि तथा लेखकहरुले कबिता वाचन गरेका थिए । भानुभक्तले संस्कृत भाषामा लेखिएको रामायणलाई भावानुवादसहित नेपाली भाषामा प्रस्तुत गर्नुभएको थियो । उहाले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लयका साथ पाठ गर्ने गरिन्छ ।
Copyright © 2019 / 2025 - Junkirikhabar.com All rights reserved