• साउन ९, २०७९
  • जुनकिरी खबर

प्रदेश १ मा एक बर्षमा मात्र आत्महत्याको १४८९ वटा घटना

alt

विराटनगर । प्रदेश १ मा आत्महत्याको अवस्था विकराल एवं भयावह बनेर गएको छ। आर्थिक वर्ष २०७८/०७९ मा मात्रै आत्महत्याका एक हजार चार सय ८९ वटा घटना भएका छन्। 

प्रहरीको तथ्यांकअनुसार झुण्डिएर, विष सेवन गरेर, हामफालेर, औजार एवं हतियार प्रहार गरेर र आगो लगाएर व्यक्तिले आत्महत्या गरेको पाइएको छ। 

डोरीको प्रयोगमार्फत झुण्डिएर गरेको आत्महत्या ९० प्रतिशत छ। एक वर्षको अवधिमा डोरीको प्रयोग गरेर एक हजार तीन सय ३६ वटा आत्महत्याका घटना भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बताए। 

उनका अनुसार प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा धेरै झापा र मोरङमा घटना भएका छन्। झापामा ३१४ र मोरङमा पनि ३१४ वटा आत्महत्याका घटना भएको राईले बताए। उनका अनुसार सबैभन्दा कम तेह्रथुममा २३ वटा घटना छन्। त्यसबाहेक सुनसरीमा २१२, इलाममा १२८, उदयपुरमा ९४, खोटाङमा ६७, पाँचथरमा ५७, ओखलढुंगामा ५४, भोजपुरमा ५१, धनकुटामा ४९, सोलुखुम्बुमा ४७, संखुवासभामा ४४ र ताप्लेजुङमा ३५ वटा आत्महत्याका घटना भएको राईले बताए। 

उनका अनुसार अन्य अपराधको तुलनामा आत्महत्यासँग सम्बन्धित घटना धेरै छन्। एक वर्षको अवधिमा प्रदेशमा विभिन्न अपराधसँग सम्बन्धित आठ हजार ५५ वटा मुद्दा दर्ता भएका छन्। जसमा आत्महत्यासँग सम्बन्धित एक हजार चार सय ८९ वटा रहेको राईको भनाइ छ। 

सम्बन्धित समाचारहरु
इटहरीमा निजी विद्याल ...

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ देखि मनपरी ...

123 ...

asfdasfgaeg ...

इटहरी गोल्डकपको १६औं ...

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता चैत ३० देखि आयोजना हुने भएको छ। आयोजक राष्ट ...

जनता क्याम्पसमा पाँच ...

इटहरीमा सामुदायिक स्तरबाट सञ्चालित जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने विद्यार्थीका लागि छात्र ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]