नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचन लड्ने घोषणा गरेका छन् । उनले मेची र निन्दा किनारबाट बाहिर जान नसकिने भन्दै बागमतीलाई श्रद्धापूर्वक ढोग्ने बताएका छन्। यसको अर्थ उनी झापा निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचन लड्ने भएका हुन्।
बुधबार ट्वीटर गर्दै महामन्त्री शर्माले गठबन्धनका अर्का मित्रलाई सम्मानका साथ साथमा लिएर निर्वाचन लड्ने बताएका छन्। शर्मा काठमाडौं–५ बाट निर्वाचन लड्ने चर्चा चलिरहेको थियो । यस्तो हल्ला चलेपछि महामन्त्री शर्माले झापाबाटै चुनाव लड्ने स्पष्ट पारेका हुन्।
ट्वीटमा भनेका छन्, ‘फेरि प्रस्ट्याउँ -वाग्मतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर, मान्छे म मेची र निन्दा किनारकै हो । काठमाडौं- ५ मा चुनाव प्रचारमा पुग्नेछु नै। तर, उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु ।प्रेम उता घरजम यता कुरै हुन्न।’
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved