• भदौ १३, २०७९
  • जुनकिरी खबर

रोटरी क्लवअफ इटहरीले बराहक्षेत्र मन्दिरलाई डस्टविन हस्तान्तरण

alt

बराहक्षेत्र मन्दिरको सरसफाईमा सहयोग पुर्याउने उद्धेश्यले  रोटरी क्लव अफ इटहरीले मन्दिरलाई डस्टविन उपलव्ध गराएको छ । मन्दिर क्षेत्रको सरसफाईलाई मध्यनजर गर्दै फोहोर व्यवस्थापनमा सहयोग पुगोस भनेर रोटरी क्लव अफ इटहरीले १५ वटा डस्टविन मन्दिरका लागि हस्तान्तरण गरिएको हो ।

बराहक्षेत्र मन्दिरमै एक कार्यक्रमको आयोजना गरी क्लबले मन्दिर क्षेत्रको सरसफाईमा सहयोग पुरयाउन डस्टविन क्लवका अध्यक्ष संयोग पराजुलीले हस्तान्तरण गरेका हुन । सो अवसरमा बराहक्षेत्र मन्दिरका मूल पुजारी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिको समेत उपस्थिती रहेको थियो । मन्दिर क्षेत्रको सरसफाईमा सहयोग पुरयाउने डस्टविन वितरण गर्ने काम राम्रो भएको स्थानीयले भएको भन्दै स्थानीयले रोटरी क्लवको प्रशंषा समेत गरेका छन ।

मन्दिर क्षेत्रमा जथाभावी रुपमा आफुले प्रयोग गरेका सामानहरुको खोल तथा अन्य सामानहरु फ्याक्दा फोहोरमैला हुने तर्फ मध्यनजर गर्दै फोहोरजन्य वस्तुहरु डस्टविनमा फ्याक्दा फोहोर नहुने र मन्दिर क्षेत्र सफा सुन्दर देखिने तर्फ मध्यनजर गर्दै डस्टविन विरतण गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए ।

 रोटरी क्लव अफ इटहरी २५ बर्ष अघि स्थापना भएर इटहरी तथा आसपासका क्षेत्रहरुमा शिक्षा, स्वास्थ्य, खानेपानी ,सरसफाइ लगायतका क्षेत्रमा काम गर्दै आएको छ । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]