• असोज २८, २०७९
  • जुनकिरी खबर

१८ बर्सिया किशोरी बनिन बराहक्षेत्र नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख

alt

दशौँ अन्तर्राष्ट्रिय बालिका दिवस २०२२ को अवसरमा बराहक्षेत्रकी १८ बर्सिया गीता चौलागाई एक दिने बराहक्षेत्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख बनाइएको छ ।  बिहिबार  प्लान  ईन्टरनेशनल नेपालको सहयोग र सामुदायिक समाज उत्थान केन्द्रको आयोजनामा 'ग्रल्र्स टेक ओभर कार्यक्रम' को लागि चौलागाईलाई एक दिने स्वास्थ्य शाखा प्रमुख बनाइएको हो । स्वास्थ्य शाखा प्रमुख नियुक्त भएपछि उनले नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी र साझेदार निकायका पदाधिकारीहरूसँग छलफल गरेकी थिइन । 
 
छलफलका क्रममा स्वास्थ्य शाखा प्रमुख चौलागाईलाई किशोरीहरूको समूहले किशोरीको वर्तमान अवस्था, चुनौती र स्थानीय सरकारको जिम्मेवारीको विषयमा ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै उनले किशोरीहरूको समस्याको विषयमा सरोकारवाला निकायबिच छलफल गरेर उचित योजना बनाउने प्रतिबद्धता जनाएकी थिइन । 
 
 छलफल कार्यक्रममा प्रमुख चौलागाईले स्वास्थ्य सेवा सम्बन्धी आफ्नो कार्य योजना प्रस्तुत समेत गरेकी थिइन । उनले बराहक्षेत्र नगरपालिकाको हरेक स्वास्थ्य चौकीलाई सकेसम्म किशोर किशोरी मैत्री बनाउन पहल गर्ने, एक विद्यालय एक नर्सको व्यवस्था मिलाउने लगायतका योजनाहरू प्रस्तुत गरिन् । साथै किशोर किशोरीहरुको सवालमा विभिन्न तालिमहरू समेत सञ्चालन गर्ने लगायतका योजनाहरू प्रस्तुत गदै पहिलो बैठक सम्पन्न भएको थियो ।
 
बैठकको अध्यक्षता गरेकी उनले एक दिनको लागि मात्र पनि स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी पाउँदा फरक अनुभव प्राप्त गरेको बताईन । उनले महिला अथवा बालिकाहरूले पनि नेतृत्व पाउँदा जिम्मेवारी पुरा गर्न सकिन्छ भन्ने उदाहरण आफू बन्न पाउँदा खुसी लागेको बताइन् । 
 
बराहक्षेत्र नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुलोचना चौधरीले एक दिने ग्रल्र्स टेक ओभर कार्यक्रम सकारात्मक अभ्यास भएको बताईन । किशोरीहरूमा यस्ता कार्यक्रमले सबल र नेतृत्वदायी बनाउन ठुलो मद्दत गर्ने चौधरीको भनाई छ ।
 
 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]