• कार्तिक १८, २०७९
  • जुनकिरी खबर

सुनसरी क्षेत्र नं. ३ : भगवतीलाइ नै किन भाेट ?

alt

सामाजिक क्षेत्रबाट बेग्लै पहिचान बनाउन सफल भगबती चौधरी सुनसरी क्षेत्र नं ३ बाट नेकपा (एमाले)ले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाएसँगै चुनावी अभियानमा होमिएकी छिन् । गाउँ देखि शहर सम्मका विकाशका एजेण्डा बोकेर चुनावी मैदानमा होमिएकी चौधरी जहाँ जहाँ पुग्छिन त्यहिँ त्यहिँ उनको हाई हाई हुने गरेको छ ।

मत माग्न मतदाताहरूको घर घर पुग्दै गर्दा चौधरीलाई धेरै जसो महिलाले अंगालो हालेर स्वागत गर्ने गरेका छन् भने केहिले फुलमाला अबिर नै लगार्इ दिएर स्वागत तथा सम्मान गर्ने गरेका छन् । मंसिर ४ लाई डेटलाइन बनाएर चुनाबी मैदानमा होमिएकी चौधरीलाई जिताउन मतदाताहरू पनि उत्साहित देखिएका छन् । सुनसरी क्षेत्र नं ३ मा इटहरी उपमहानगरपालिकाको वडा न. ६ देखि १५ सम्म गरेर १० वटा वडा पर्छन् । गढी गाउँपालिका सबै वडा, दुहबी नगरपालिकाका सबै वडा तथा बर्जु गाउँपालिकाको सबै वडा र इनरुवा नगरपालिकाको वडा नं.७ यो क्षेत्रमा पर्दछ ।

भगवतीलाइ नै भोट किन ?

 

 

 

जतिबेला भगबती चौधरीले आफ्नो क्षेत्रका महिलाको उत्थानका लागि सामाजिक सचेतना सँगै वित्तीय सचेतना ल्याइन् त्यो बेला महिलाहरूमा समाजमा खुलेर बोल्ने मात्र हैन घरबाट बाहिर निस्कने हिम्मत समेत थिएन । परिवारको माझमा ठुलाबडाको आवाज सँगै आफ्ना अनेकौ इच्छा आकांक्षाहरू दबाउन बाध्य हुनुपरेको थियो । घर खर्च टार्नलाई कसैकोमा गएर मेलापात या घरधन्दा गर्नुपर्ने उनिहरूको बाध्यता थियो ।

आर्थिक अभावले पिरोलिएका महिलाहरूको अवस्था सुनसरीमा ज्यादै नाजुक बनेको थियो । गोबरले लिपेको दाउरा (गुइठा ) बिक्रि गरेर घर खर्च टार्नुपर्ने महिलाहरूको बाध्यता बुझेकी चौधरीले गाउँगाउँमा सचेतना फैलाउँदै वित्तीय पहुँच पुर्याएकीले पनि महिलाका माझ लोकप्रिय बनेकी हुन् । भर्खरै समाज सेवामा हात हाल्दै गरेकि भगबती चौधरीले आफ्नै गाँउ ठाँउ र शहरका महिलाहरूमा आर्थिक पहुँच नपुर्याईकन नहुने देखेपछि ग्रामिण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) लाई नेपाल राष्ट बैंकको नियम अनुसार लघुवित्त कार्यक्रम सञ्चालन गर्न फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था नै संस्थाको स्थापना गरिन् ।

सुरुका दिनमा भगबती चौधरीले गरिब तथा बिपन्न वर्गका महिलालाई दैनिक ५ रूपैयाका दरले बचत गर्न अनुरोध गरेपनि आर्थिक अभाव र वित्तीय साक्षरता अभावका कारण सुरूसुरूमा महिलाहरूले बचत गर्न मानेका थिएनन्। पछि बचत आफ्नै लागि रहेको भनेर बुझ्दै गएपछि बचत गर्न थालेको भगबती चौधरीको भनाई छ । ५ रुपैंयाबाट सुरु गरेको बचत अभियान क्रमशः २०, ५०, १०० हुँदै अहिले लाखमा पुगेको छ । सिमित सदस्यबाट सुरु भएको यो अभियानमा अहिले देशभरका ४० जिल्लामा करिब तीन लाख महिलामा पुगेको छ ।

महिलाहरूलाई बचत गर्न सिकाएकी भगबतीले लघुवित्त कार्यक्रम मार्फत सामुहिक जमानीमा कर्जा सुविधा प्रदान गरेर सीपमुलक व्यवसाय गर्न उत्प्रेरित गरेपछि यहाँका महिलाहरूको जिवनस्तर सुदृढ हुँदै गएको हो । हिजोसम्म बिहान बेलुकाको छाक टार्न गुर्इंठा बेच्ने महिलाहरू अहिले हेर्दाहेर्दै उद्यमी र स्वरोजगार बनेका छन् ।

चौधरीले महिला सशक्तिकरण र समाजसेवामा गरेको कामका कारण लोकप्रिय उम्मेदवार बनेकी हुन् । उनले योपटक सुनसरी क्षेत्र नं. ३ को आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा विकास गर्ने लक्ष्यका नेकपा एमालेबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएकीले जताततै खुलेर चर्चा हुने गरेको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]