मोरङ क्षेत्र नं ६ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार सरोज नेपालले अन्य दललाई कडा टक्कर दिने देखिएको छ । लामो समय नेतृत्वमा रहेका दलका प्रतिनिधिले ६ नं। क्षेत्रमा निर्वाचनको मुखमा मात्र अनुहार देखाउने गरेको र विकास निर्माणमा सोचे अनुरूप काम गर्न नसकेको भन्दै यति बेला मतदाताहरू स्वतन्त्र उम्मेदवार प्रति सहानुभुती देखाउन थालेका छन् । यसको फाइदा उठाउँदै सरोज नेपाल अहिले आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय पूर्वक घरदैलो अभियान र मतदाताहरूसँग अन्तरकृया गरिरहेका छन् ।
२०७४ को निर्वाचनमा मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधि सभा सदस्यमा एमाले नेता लालबाबु पण्डित विजयी भएका थिए । यस पटक काँग्रेस नेता डा. शेखर कोइराला र एमाले नेता लालबाबु पण्डितबिच पुर्न चुनावी मैदानमा छन् । तर यो पटक भने चुनावी नतिजामा स्वतन्त्रको ठुलो प्रभाव पर्ने देखिन्छ ।
राजनीतिक दल प्रतिको अविश्वासका कारण मतदाताहरू यो पटक दलहरूलाई भोट नहाल्ने पक्षमा धेरै छन्। काँग्रेस नेता डा. शेखर कोइरालाको पक्षमा भने राम्रो सम्भावना देखिन्छ । जस कारण स्वतन्त्र उम्मेदवार नेपाल र कोइराला पक्षबिच रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
सामाजिक सञ्जालमा गरिएको मत सर्वेक्षणबाट नेपाल र कोइरालाको पक्षमा धेरै जनमत दिएको छ ।
एमालेका लालबाबु पण्डितसँग भने एमालेकै कार्यकर्ताहरू असन्तुष्ट छन् । चुनावमा मात्र अनुहार देखिने पण्डित र उनले दिएका आश्वासन पुरा नभएपछि कार्यकर्ताहरूमा उनी प्रति तीव्र असन्तुष्ट छन् । यसको फाइदा समेत नेपालले उठाउने देखिएको छ ।
लालबाबु पण्डित निर्वाचनको मुखमा आफनै कार्यकर्ता रिझाउनै व्यस्त छन् । एमालेकै नेताहरु पण्डित विरुद्ध सामाजिक सञ्जालमा आफ्नो आक्रोश र असन्तुष्टि पोस्ट गर्ने थालेका छन् ।
२०७४ मा प्रदेश सभा सदस्य समेत उठेका नेपालले राम्रो मत प्राप्त गरेका थिए । नेपालको पक्षमा अधिकांश युवाहरू खुलेरै चुनावी घरदैलो र प्रचार प्रसारमा खट्ने गरेका छन् । नेपालको प्रभाव सुन्दरहरैचा नगरपालिका र बुढीगंगा गाउँपालिमा राम्रो मानिन्छ । विराटनगर उपमहानगरपालिकामा नेपालले अहिले चुनावी प्रचार प्रसार र घरदैलो अभियान तीव्र बनाएका छन् ।
मोरङ क्षेत्र नं. ६ मा उनको पक्षमा देखिएका मतदाताहरूका अनुसार नेपालले सोच भन्दा धेरै मत प्राप्त गर्ने दाबी गर्छन् । विराटनगर क्षेत्रमा उनले आफना एजेन्डा मतदाताहरू माझ रिझाउन सके उनको जित निश्चित छ एक मतदाताले भने बाँकी यता उनको पक्षमा भित्री जनलहर बनिसकेको छ ।
डोजर चुनाव चिन्ह पाएका नेपाल पुराना नेताहरूको राजनीतिक प्रवृत्ति र संस्कारलाई ढाल्ने बताउँछन् । उनले आफ्नो जनमत दैनिक राम्रो बन्दै गएको दाबी गर्छन् ।
विराटनगरका सचेत मतदाताहरूले आफना एजेन्डामा विश्वास मात्र गरिदिए जित सुनिश्चित हुने उनी बताउँछन् । ‘दलहरू प्रति धेरै आक्रोश पाए अनि स्वतन्त्र प्रति धेरै अपेक्षा र बिश्वासको माहौल बनेको छ’ उनले भने ‘यस्तो परिणामले हाम्रो जित नजिक बन्दै गएको छ ।’
विराटनगर महानगरका सात वटा वडा, बुढीगंगा गाउँपालिकाका सातै वटा वडा र सुन्दर हरैंचा नगरपालिकाका ६ वटा वडा रहेको निर्वाचन क्षेत्र नम्बर ६ मा कुल १ लाख २६ हजार ७६१ मतदाता छन्।
को हुन नेपाल ?
पेशा : लगभग १० बर्ष देखि च्याउको बीउ उत्पादन तथा च्याउ उत्पादन मा सक्रिय युवा ।
सरोज पुर्वाञ्चलमा व्यवसायीक रुपमा च्याउको बीउ उत्पादन गर्ने पहिलो कृषि व्यवसायी हुन । व्यवसाय शुरूवातका केहि वर्ष उनलाई निकै गाह्रो भयो कारण थियो भारत बाट आउने च्याउको बीउ । व्यवसायमा घाटा लागेका कारण उनले सोर्ह कठ्ठा जमिन बेचेर रिण तिरेका थिए। जग्गा गुमाएपनि उनले हिम्मत गुमाएनन जसको कारण आज उनी सफल व्यवसायी बनेकाछन भने भारतिय बजार बाट आयात हुँदै आएको च्याउको बीउ पुर्ण रुपमा रोकिएको छ।
अनुभव - १४ महिना वैदेशिक रोजगार दुवै ।
- २०७४ सालसम्म उनी कुनै राजनीतिक दलमा साधारण सदस्य समेत थिएनन तर जब विकल्पका रुपमा विवेकशील साझा पार्टी स्थापना भयो उक्त अभियानलाई सफल बनाउन उनले मोरङ क्षेत्र नं.६ (क) मा उम्मेदवारी दिए। निर्वाचन पछि पार्टीमा निकै सक्रिय रहेतर पछिल्लो समय विवेकशील साझा पुन एकहुदा बुवै पक्ष पदको भोका देखिए एउटै पदका लागि भागबन्डा मिलाउन एक अध्यक्ष र एक संयोजक रहनेगरी पार्टी एकीकरण भयो र पछि प्रदेश कमिटी र जिल्ला कमिटिहरु समायोजन हुँदा निकै झगडाहरु देखिएकाले पुराना पार्टी र विवेकशील साझा पार्टी अलग रहेनछ भनी मिति २०७७/१२/२० मा उनले पार्टीको सबै पदबाट राजीनामा दिए।
- च्याउ उत्पादक किसान संघको केन्द्रिय सचीव भएर काम गरेको।
- योगा र ध्यानलाई महत्त्व दिने उनले भारतको पतन्जली आश्रमबाट १ महिने योगा प्रशिक्षक तालीम लिएका छन,साथै १० दिने विपस्यना ध्यान र आर्ट अफ लिबिङको YLTP (युथ लिडरसिप ट्रेनिङ प्रोग्राम ) समेत लिइसकेका छ्न ।
: हाल सम्म ६ पल्ट ब्लड डोनेसन
उपलब्धिहरु :
: नेपाल कृषि सहकारी केन्द्रिय संघ लि बाट उदाहरणीय र अनुकरणीय च्याउ तथा च्याउको बीउ उत्पादकका रुपमा पुरस्कृत ।
: स्मल फार्मर समिट ,2019 म नविल बैंकका सिइयो लगायत देशका विभिन्न क्षेत्रका सफल व्यक्तिहरुसंगै कृषि क्षेत्रको पृजेन्टरको रुपमा मञ्च सेयर गर्नुलाई पनि उनले उपलब्धिका रुपमा लिएका छन ।
: जिल्ला युवा समितिको कार्यालय ,मोरङ बाट २०७४ सालमा लिल्लाको उत्कृष्ट प्रतिभाका रुपमा सम्मानित ।
: आफुले अध्ययन गरेको विधालय जुपिटर इङलिस स्कुल , गछिया बाट उत्कृष्ट विधाथीको रुपमा सम्मानित ।