• मंसिर ९, २०७९
  • जुनकिरी खबर

सुनसरी १ प्रदेश सभा (क) मा एमालेका बस्नेत विजयी

alt

सुनसरी क्षेत्र नं.१ को प्रदेश सभा (क) बाट नेकपा एमालेका उम्मेदवार रमेश कुमार बस्नेत विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार उमेश थापालाई १ हजार ३ सय ५० मत अन्तरले पराजित गर्दै बस्नेतले जित हासिल गरेका हुन् । 
 
बस्नेतले ११ हजार १ सय २ मत ल्याउँदा काङ्ग्रेसका थापाले ९ हजार ७ सय ५२ मत प्राप्त गरेका थिए । प्रदेश सभा १ मा जम्मा ३९ हजार ७ सय १३ मत खसेकोमा ३७ हजार ९ सय ४२ मत सदर भएको थियो । 
 
स्थायी शिक्षकको जागिरबाट राजीनामा दिई २०४८ सालमा बस्नेत पार्टीको पूर्णकालीन राजनीतिमा लागेका थिए । बस्नेत २०४९ सालमा साबिक पाँचकन्या गाविसको अध्यक्षमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए । दोस्रो कार्यकालमा पनि उनी भारी मतका साथ विजयी भएका थिए । २ कार्यकाल गाविस अध्यक्ष बस्नेतले सफलतापूर्वक सञ्चालन गरेका थिए । बस्नेत एमालेमा धरान नगर कमिटी सदस्य, क्षेत्रीय समन्वय कमिटीको सह-संयोजक, जिल्ला कमिटीको सदस्य, सचिव, उपाध्यक्ष, अध्यक्ष हुँदै हाल एक नं. प्रदेश कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा छन् । बस्नेत ४२ वर्षे राजनीतिक यात्रामा स्वच्छ छविका नेताका रूपमा चिनिन्छन् ।
 
बस्नेतलाई निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका उमेश थापाले माला र खादा लाएर बधाई दिएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]