• मंसिर १४, २०७९
  • जुनकिरी खबर

दुहबीमा विजय र्‍याली मनाउने क्रममा कांग्रेस-एमालेबीच झडप

alt

सुनसरीको दुहबीमा कांग्रेस-एमाले कार्यकर्ताबीच झडप भएको छ । सुनसरी ३ मा नेकपा एमालेबाट निर्वाचित भएकी भगवती चौधरीको विजयी जुलुसको क्रममा सामान्य विवाद हुँदा झडप भएको हो । 

दुहबी नगरपालिका वडा नम्बर ९ स्थित सोही वडाका वडाध्यक्षको घर नजिक दुबै पक्षबीच सामान्य विवादले झडपको स्थिति आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए।

प्रहरीले दुवै पक्षलाई करिब एक सय ५० मिटर टाढा राखेपछि अवस्था सामान्य भएको उनले बताए । झडपमा केही व्यक्ति सामान्य घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]